२०८० मङ्सिर, २१
||NEWS LUMBINI |

अपाङ्ता भएका ब्याक्तिहरुको चौतर्फि बिकासका लागि सरकार प्रतिबद्ध

प्रदेश न ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बरालले अपाङ्ता भएका ब्याक्तिहरुका लागि प्रदेश सरकारले ठोस काम गर्ने बताउनुभएको छ ।

उहाले सरकारले अपाङ्ता भएका ब्याक्तिहरुको चौतर्फि बिकासका लागि सरकारले योजना अगाडि सारेको उल्लेख गर्नुभयो ।

नवलपरासीको बर्दघाट १६ सूर्यनगरमा भएको बृहत सांस्कृतिक तथा कन्सर्ट कार्यक्रमको उद्घाटन गर्दै बरालले सरकारले सबैलाई समेट्नेगरि अगाडि बढ्ने उल्लेख गर्नुभयो ।

राष्ट्रिय अपाङ्ग तथा अनुसन्धान बिकास केन्द्र र वल्र्ड गाएज गु्रपको आयोजनामा भएको कार्यक्रममा ग््रुपका अध्यक्ष भरत गुरुङ, राष्ट्रिय अपाङ्ग तथा अनुसन्धान बिकास केन्द्रका अध्यक्ष निलकण्ठ पौडेल, लगायतले बोलेका थिए । सो अबसरमा राष्ट्रिय गायक प्रमोद खरेल,आशिश राना लाहुरे,लेडि डिजे,नायक तथा गायक लक्की दिपक,स्थानीय फ्रि डान्स क्युरोको पनि प्रस्तुती रहेको थियो ।

कार्यक्रमको संचालन संचारकर्मी सन्जु पौडेलले गरेकी थिइन् ।

Facebook Comments Box

फेसबुक