२०८० असोज, १७
||NEWS LUMBINI |

अब ट्वीटरमा २ सय ८० अक्षरसम्म लेख्न पाइने, कहिलेबाट आउँदैछ यो सुविधा ?

सामाजिक सन्जाल ट्वीटरले मंगलबार ट्वीटमा अबदेखि २ सय ८० लक्षरसम्म लेख्न मिल्ने बनाउने औपचारिक घोषणा गरेको छ । कम्पनीले अझै धेरै प्रयोगकर्ता तान्न र यसको व्यस्तता बढाउन यस्तो गर्न लागेको हो ।

यसअघि ट्वीटरमा १ सय ४० अक्षर मात्र लेख्न पाइन्थ्यो । अब त्यो संख्या दोब्बरले बढेपछि ट्वीटर प्रयोगकर्तालाई राहत मिल्ने भएको छ ।

‘हामीले अक्षरहरूको पावन्दीलाई बढाउँदै आइरहेका छौं । हामी ट्वीटरलाई अझै सहज र छरितो बनाउन चाहन्छौँ,’ ट्वीटरले ट्वीट गर्दै भनेको छ, ‘सेप्टेम्बरको सुरुवातदेखि यो प्रयोगमा आउने छ ।’

ट्वीटरका अनुसार जापानिज, कोरियन चाइनिजबाहेक अन्य सबै भाषामा २ सय ८० शब्दको सुविधा हुनेछ । ११ वर्षअघि स्थापना भएको ट्वीटरले अक्षरको सीमितता बढाएको यो पहिलोपटक हो ।

Facebook Comments Box

फेसबुक