२०८० असोज, ६
||NEWS LUMBINI |

लुम्बिनी समाजद्वारा नेपाली भित्तेपात्रो २०७५ वितरण शुरु

न्युज लुम्बिनी- कुबेतको सक्रिय सामाजिक सस्था लुम्बिनी समाज नेपाल कुबेतले नेपाली नयाँ बर्ष २०७५ को भित्तेपात्रो वितरण शुरु गरेको छ। गत मार्च २३ तारिख सम्पन्न सस्थाको पाँचौ बार्षिक उत्सव समाहारोमा कुबेतका लागि नेपाली राजदुत महामहिम यज्ञ बहादुर हमालले आधिकारिक रुपमा बिमोचन गर्नु भएको थियो। तर नेपाल सरकारले बिभिन्न चाड पर्व र दिबशमा दिदै आएको बिदा कटौती गर्ने भनिएपछि पुरा प्रकासनलाई पछी सारिएको थियो ।  

समाजले तयार पारेको उक्त भित्ते पात्रो अमान एक्सचेन्जको बिशेष सहयोगमा प्रकासित गरि शनिबारबाट वितरण शुरु गरिएको छ। शनिबार एक कार्यक्रम बीच अमान एक्सचेन्ज कुबेतका नेपाली निर्देशक सन्तोष तामाङ्गले लुम्बिनी समाजका अध्यक्ष् रुपेन्द्र बिक्रम हमाल, उपाध्यक्ष अशोक ओस्ती र महासचिब नेत्रपेमी मगरलाई २००० प्रति हस्तान्तरण गर्नु भएको थियो ।

क्यालेन्डर हस्तान्तरण गर्दै निर्देशक तामांगले लुम्बिनी समाज संग सहकार्य गर्न पाउदा  आफु उत्साहित भएको थियो। भने समाजका अध्यक्ष् रुपेन्द्र बिक्रम हमालले आभार व्यक्त गर्दै अमान एक्सचेन्जलाई धन्यबाद व्यक्त गरेका थिए ।  २०७५ सालको भित्तेपात्रो नेपालीहरु कार्यारत क्याम्पहरुमा पुर्याईने अध्यक्ष् हमाले जानकारी दिनु भयो ।

पछिल्लो समय अमान एक्सचेन्जले पनि कुबेतका बिभिन्न १३ स्थलबाट   सहुलियत दरमा नेपालमा  पैसा पठाउन नेपालीहरुलाई सेवा दिदै आएको छ ।  

Facebook Comments Box

फेसबुक