२०८० फाल्गुन, २१
||NEWS LUMBINI |

अर्घाखाँचिका बिसेशलाई बचाउन कुवेतबाट थालियो अभियान

अर्घाखाँची जिल्लाको भूमिकास्थान वार्ड नम्बर -१ निवासी खिमराज बेल्बासेको छोरा वर्ष ६ का बिसेश बेल्वासेको मुखमा खटिरा र आँखाबाट किरा निस्किने रोगले पिडित रहेकोले उक्त बिसेश बेल्वासे लाई बचाउन सगरमाथा परोपकारी समाज कुवेतले १५ दिने अभियान चलाउने भएको छ।

” हामी युवा हरूको सोचाई समाज सेवानै पहिलो रोजाई” भन्ने मुल नाराका साथ स्थापना उक्त संस्थाले स्थापना काल देखीनै बिभिन्न प्रकारको समस्यमा पर्दै आएका पीड़ित हरू लाई सहयोग लगायत बिभिन्न संघ संस्था सँग हाते मालो गर्दै आएको र उक्त पीड़ित बाबुलाई पनी सहयोग गरीदिनु हुन कुवेतमा कार्यरत सम्पूर्ण नेपाली दाजु भाई दिदी बहिनी हरूलाई, संस्थाका महा- सचिव किरण तामांगले आह्वान गरेका छन

हाँलै बिभिन्न संचार मध्यम हरू मार्फ़त पत्ता लागेको पीड़ित बालक हाल भरतपुर क्यन्सर हसपिटलमा रहेका छन।

डक्टरहरुले अप्रेसन गर्न पर्छ भने पछी अप्रेसन गर्दा ६०/७० हजार खर्च लाग्ने तर आफु सँग उक्त रकम नभएको पीड़ित का बुबाले बताएका छन।

पिडितका बुवा पनि बिमारी भएर किड्नी खराब भएको थियो र केही महिना अघि मात्रै आफन्त साथी भाइ सङ् जसो तसो गरेर २०/२२ लाख खर्च गरी अहिले स्वास्थ्य रहेका छन भने । छोराको त्यो पीडा सहन नसक्ने अवस्था भएपछी सहयोग गर्नको लागी बिभिन्न संचार माध्यम मार्फ़त सहयोग गर्न अनुरोध गरेका छन।

सहयोग गर्न इच्छुक जो कोहिले पनी यस नम्बरमा सम्पर्क गर्नु होला

बसन्त थापा- ५१५१७४६५

किरण तामांग- ५१२०८९५३

Facebook Comments Box

फेसबुक