२०८१ जेष्ठ, ११
||NEWS LUMBINI |

अर्घाखाँची बस दुर्घटना: मृत्यु हुनेको संख्या १७ पुग्यो

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं ६ नरपानी रातामाटामा भएको बस दुर्घटनामा मर्नेको संख्या १७ पुगेको छ । प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलकाअनुसार मृत्यु हुनेको संख्या १७ जना पुगेको हो । दुर्घटनामा बसका चालकको समेत मृत्यु भएको छ । गाडी चालक अन्दाजी ३० वर्षीय ओमबहादुर थापा बसन्तको घटनास्थलमै मृत्यु भएको हो । अन्यको सनाखत हुन सकेको छैन । 

लु २ ख २१४८ नम्बरको बस  बस सड्कबाट करिब ५ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । दुर्घटनास्थल निकै अफ्ठ्यारो भिरमा भएकाले उद्धार कार्य निकै अप्ठ्यारो   भएको जनाइएको छ । दिउँसो करिब ४ बजे गाडी दुर्घटना भएको हो ।

-रातोपाटीबाट

Facebook Comments Box

फेसबुक