२०८१ भाद्र, २९
||NEWS LUMBINI |

अहिलेसम्म नलागेको ठुलो झड्का लाग्यो गगन थापालाई, बाम गठबन्दनलाई थपियो खुसिनै खुसि

काठमाडौ– काठमाडौं ४ अन्तर्गतको प्रदेशसभा (क)का कांग्रेस उम्मेदवगार नरोत्तम वैद्य उम्मेदवार बनेपछि पनि सरकारी कर्मचारी रही तलव बुझिरहेको फेला परेपछि उम्मेदवारी खारेज हुने सम्भावना देखिएको छ । वैद्य हालसम्म पनि पशुपति क्षेत्र विकास कोषको घाटेवैद्य पदमा कार्यरत रहि लाभको पदमा वहाल रहेको उजुरी निर्वाचन आयोगमा परेको थियो ।

सोही क्षेत्रका उम्मेद्वार जालन्धर काफ्लेले आइतबार (आज) निर्वाचन आयोगमा सप्रमाण उजुरी गरेकोले वैद्यको उम्मेद्वारी खारेज हुने सम्भावना छ । यसबारे निर्वाचन आयोगको निर्णय आउन बाँकी छ ।

नेपालको संविधानको धारा १७८ को उपधारा (१) को खण्ड (च) मा लाभको पदमा वहाल रहेको कुनै पनि व्यक्ति उम्मेदवारको लागि योग्य नहुने र धारा १८० को खण्ड (ख) ले धारा १७८ वमोजिम योग्यता नभएमा वा नरहेमा प्रदेशसभाको स्थान रिक्त हुने व्यवस्था समेत गरेको छ । यसरी नै धारा १७८ (२) मा लाभको पद धारण गरेको व्यक्ति प्रदेश सभामा निर्वाचित भएमा त्यस्तो पदको शपथ ग्रहण गरेको दिन देखि निजको पद स्वत रिक्त हुने व्यवस्था छ ।

Facebook Comments Box

फेसबुक