२०८० फाल्गुन, २१
||NEWS LUMBINI |

आत्महत्या र सम्बन्ध बिच्छेद गर्नेहरू बारे पाँच नम्बर प्रदेशका बसन्त थापा यसो भन्छन

पछिल्लो समयमा नेपालको ७५ ज़िल्लाहरूमा आत्महत्या र सम्बन्ध बिच्छेद गर्नेहरूको संख्या दिन प्रती दिन बढी रहेको छ।जस मध्येमा सबै भन्दा धेरै आत्माहत्या गर्नेहरू र सम्बन्ध बिच्छेदका घटनाहरु अर्घाखाँचीमा दिन-दिनै बढीरहेको छ।बिशेष गरी परदेशमा श्रम बेच्न वाध्य श्रीमानसंग मीठा-मीठा कुरा गरी पर पुरुष संगको नाजायज सम्बन्ध लगायतका घटनाले आत्महत्या वा सम्बन्ध बिच्छेद बढ्दै छ।आज भोली प्राय:जस्तो दैनिक बिभिन्न संचार माध्यम मार्फ़त देख्ने र सुन्ने गरेका घटनाले पनि प्रष्ट हुन्छ कि पहिलेको तुलनामा अहिले दिन-प्रतिदिन यस्तै घट्ना र दुर्घट्ना बढ्दै छन। आत्महत्या गर्नुको पछाडि आफुले भोग्दै आएको दु:ख, पिडा, असफलता वा आफुले गरेका पश्चातापपूर्ण काम तथा समाजले आफुलाई हेर्ने नजरहरु बढी रहेका छन।आत्महत्या बढनुले मान्छेको शरीर यति सम्म सस्तो भए झै लाग्छ कि त्यो वर्णन गर्न सक्दिन।केही मानिसहरु एक मिनेट बाँच्न पनि भेन्टिलेशन तथा यान्त्रिक सहयता लिएर लाखौं खर्च गर्छन्,धेरै मानिसहरू मर्न चाहदैन र मर्न देखि डराउछन् पनि । तर पनि मानिसहरू दिन प्रतिदिन आत्माहत्या गरेर आफैलाई मारिरहेका छन। कोहि झुन्डिएर, कोहि विष पिएर, कोहि हतियारले रेटिएर, कोहि अग्लो ठाँउबाट हाम फालेर, कोही रेलको लिगमा सुतेर,कोहि आफैलाई गोलि हानेर वा खोही केही कबोलमा आमाघाती बम बोकेर पनि आत्माहत्या गर्छन्।धेरै मानिसहरु मर्न डराउछन तर कोहि मानिसहरु यति सम्म निष्ठुरी हुदा रहेछनकी उनीहरूले आफ्नो वा पराय सबै भुलि दिदा रहेछन र त आत्महत्या गरी आफ्नै मान्छेलाई सहज रूपमा धोका दिन पुग्ने गर्छन।

मर्ने र गलत बाटो हीड़नेहरू महिला होस या त पुरुष होस जे जो भए पनि आख़ीर आफ्नालाई नमीठो धोका दिएर जाने गर्छन।छोड्नेले छोडी गए पनि पीडामा पर्नेहरू वा ति आत्माहत्या गर्ने प्रती आश्रित परिवार वा आफन्तहरु आफ्नो नबिर्सने क्षणहरू सम्झी कोहि पागल हुन्छन भने कोहि तड्पी रहेका हुन्छन।यो सब कुरालाई सोच्नु पर्ने हुन्छ ति बिना कारण आफै काल खोज्दै आत्माहत्या गर्नेहरूले चोखो मायाको नाममा आफ्नालाई छोड़ी परायलाई सबथोक सुम्पि दिनेहरूले सर्वप्रथम बुझ्न ज़रूरी छ कस्तो होला आफ्नोलाई छोड्दाको पीडा?के गर्लान उनले म बिनाको जीवनमा? यस्तै यस्तै धेरै कुराहरू जब सम्म महिला र पुरुष दुबैले मनन गर्दैनन तब सम्म यो घटना लगातार बढ़ीरहन्छ।

अहिले खुला रूपमा देखिने यौन विकृति, सम्बन्ध बिच्छेद र आत्महत्याबारे विश्लेषणको एक अध्ययनलाई गर्नेहो भने देशमा सबै भन्दा धेरै अर्घाखाँचिमा भएको देखिएको छ। खै कस्तो जमाना आयो हाम्रो अर्घाखाँचिमा घरमा लोग्ने हुँदा-हुँदै पनि छुट्टै पुरुषसंग रमाउन खोज्ने र अन्तमा आत्महत्या गर्ने वा घरबाट भागी जाने वा सम्बन्ध बिच्छेदका लागी जाने।ती मध्ये कोहि बच्चाको आमा-बाबु भएका समेत छन भने कोहि अविवाहित महिला पुरुष पनि।ज़िल्ला भित्रका युवाहरूमा आधुनिक बन्ने नाममा भित्रीएको यो बिकारल परिस्थिति निकै खतरनाक रहेको छ। दिनानु दिन महिला आयोगमा थरी-थरीका यौन विकृति सम्बन्धी उजुरीको ओइरो लाग्नु र सोही घटनामा केहि पनि कमी न देखीनु लाई सम्बन्धित निकायले चेतना मुलक कामहरु गर्न नसकेको वा नागरिक आँफै बढी स्वतन्त्र भएको भान हुन्छ। खुला समाजको नाममा सामाजिक विचलनका रूपमा यौन व्यवहारका यस्ता थुप्रै घटना-दुर्घटना र सामाजिक सन्जालको गलत प्रयोग भएका घट्नाहरु सार्वजनिक हुन थालेका छन्।लाग्छ’सबै कुरालाई वस्तुमा हेर्ने र विनिमयको सिद्धान्तअनुसार व्यवहार गर्ने संस्कृति मौलाएको छ अर्घाखाँचिमा।

पारिवारिक सम्बन्ध निकै जटिल अवस्थामा पुगेपछि मात्र श्रीमान र श्रीमतिका बीचमा सम्बन्ध बिच्छेद गर्ने परम्परा छ। भरसक सम्बन्ध बिच्छेद नगरी मिलेरै बस्नु पर्छ भन्ने मान्यता अहिले पनि छ।तर, हाम्रो मान्यताले मात्र त्यसलाई रोक्न सकेन। विभिन्न कारणले दाम्पत्य सम्बन्ध टुट्दैछ। सम्बन्ध बिच्छेदका घटना निकै बाक्लिएको छ। अदालतमा दर्ता हुने मुद्दाहरुमध्ये सम्बन्ध बिच्छेदका मुद्दा सम्भवत पहिलो नम्बरमा छ। मतलव कुनै बेला निकै जटिल मानिने सम्बन्ध बिच्छेदको घटनालाई सहज रुपमा लिइन थालेको छ। घटना बाक्लिएपछि सहज बन्दै जानु स्वभाविक नै हो।धेरैजसो सम्बन्ध बिच्छेदका घटना बैदेशिक रोजगार, परिवारिक बेमेल(कलह), डाहा, असफलता र सम्पतिका कारणले हुने गरेको देखिन्छ। अहिले हेर्ने हो भने वैदेशिक रोजगार श्रीमान–श्रीमतिको सम्बन्ध तोड्ने पहिलो माध्यम बनेको छ। श्रीमान वा श्रीमति विदेश गएपछि उनको चरित्रमाथि शंका गर्ने चलन छ। त्यसको सिकार बढी महिलाहरुले नै हुनुपर्छ। परिवारमा भएका अन्य ब्यक्तिले चरित्रमाथि प्रश्न उठाउन थालेपछि महिलाहरु सम्बन्ध बिच्छेद गरेर एक्लै बस्न बाध्य हुने गरेका छन्। कतिपय शारिरीक आवश्यकता पूरा गर्नका लागि पनि सम्बन्ध टुटाएर नयाँ सम्बन्ध जोड्न चाहन्छन्, त्यसले पनि सम्बन्ध बिच्छेदका घटना बढिरहेका छन।हाम्रो कानुनले महिलालाई पुरुषको तुलनामा सम्बन्ध बिच्छेदका हकमा विशेष सुविधा दिएको छ।

कतिपयले सम्बन्ध बिच्छेदको सुबिधालाई दुरुपयोग गरिरहेका छन,त्यसले हाम्रो समाजमा सामाजिक समस्या नै निम्त्याइसकेको छ। बैदेशिक रोजगारले कतिपयको घर भाँडिएको छ।रुपैयाँको प्रलोभनमा कतिले घर तहस–नहस बनेको छ।कतिपयले हिंसा सहन नसकेर पनि सम्बन्ध बिच्छेद गर्ने अवस्थामा पुग्छन।हुन त त्यसलाई नकारात्मक रुपमा नलिएर वाध्यत्मक अवस्थाको रुपमा पनि लिन सकिन्छ।कतिपयले विहे गर्ने बहानामा र सम्पति कुम्ल्याउन सम्बन्ध बिच्छेद गर्ने गरेको घटना बाहिर आउने गरेका छन। त्यसले हाम्रो समाजलाई नकारात्मक दिशातिर धकेल्दै छ सम्बन्ध बिच्छेदको घटनाले समाजमा धेरै किसिमको नकारात्मक प्रभाव पारेको छ। सबैभन्दा बढी बालबालिकामा असर पारेको छ। सम्बन्ध बिच्छेदले कतिपय बालबालिकाको भविष्य अन्धकार बनाएको छ। कतिलाई कुलतको बाटोमा पुर्याएको छ। सम्बन्ध बिच्छेद हुनुका यावत समस्याहरुलाई केलाउँदै यसलाई न्यूनीकरण गर्नतर्फ सम्बन्धित पक्षले नागरिक चेतनाका कार्यक्रमहरु चलाएर समयमै पहल गर्नु पर्ने बेला आएको छ नत्र भोलीका सन्ततीले समाजमा धेरै किसिमका समस्याहरुलाई ब्यहोर्न पर्ने छ।

जब मानिसको जीवनमा खुशीको कुराहरू रहदैन अनि निरासा आउँछ। अर्को तरिकाले भन्ने हो भने, जब साथले मानिसबाट खुशी चोर्छ। अनि निरासाको आत्माहरु सँगै आत्माहत्या गर्न उक्साउने आत्माहरु हृदयमा पसेर यसो भन्छ “तँ बाँच्नुभन्दा त मरेकै राम्रो, तँ बाँच्नुको केहि अर्थ छैन, धिक्कार छ तेरो जिन्दगी, कसको निम्ति बाँच्दछस्, तँलाई कसैले वास्ता अनि माया पनि गर्दैन, यस्तो जिन्दगी पनि के जिन्दगी।”अनि त्यो मानिसले हृदयमा मडारिएको आत्महत्यालाई स्विकार गर्दै मनमा यसोभन्छ।”हो म बाँच्नुको केहि अर्थ छैन, हो म बाच्नुको के फाइदा, हो मलाई कसैले पनि माया गर्दैन, हो मैले मर्नुपर्छ। अनि बाचेर भन्दा मरेरै सुख पाइने सोचाइले ग्रसित हुँदै बिभिन्न उपायबाट आत्माहत्या गर्छन र संसार त्याग्छन।

तर “हामीले मर्नु भन्दा बौलाउनु बेस”भने जस्तो जिन्दगीका अनगिन्ती मोडहरुमा समस्याका खातहरु संग संघर्ष गर्दै आत्मा दर्हो पारेर संघर्ष गर्दै जिउन र आफु संग जे छ, त्यसमा रमाउन सिक्नु पर्दछ।आत्मा हत्या होइन आत्माको रक्षा गर्नु पर्दछ।त्यस्तै गरी सम्बन्ध बिच्छेद होइन समस्याको समाधान खोज्दै सम्बन्ध सुधार गर्नु पर्ने हुन्छ।किनकी बनेको घरको जगबाट १-२वटा ढुङ्गा निकाल्दा घर सजिलै ढल्छ भने १-२ वटा नयाँ ढुङ्गाले घर बन्दैन।त्यसैले आपासी सम्बन्ध सुधार गर्दै समुन्नत भबिश्यको लागि हातेमालो गर्नु पर्छ।

साभार- तीतोपाटी डट कम

Facebook Comments Box

फेसबुक