न्युज लुम्बिनी- आधुनिक गीति संग्रह अनुज को बिमोचन सम्पन्न भएको छ । श्रुति संगीत बिधालयको आयोजनामा आधुनिक गीति संग्रह “अनुज” को बिमोचन कार्यक्रम सम्पन्न भएको हो । चर्चित सङ्गीतकार एबम गायक साथै श्रुति संगीतका प्रबन्ध निर्देशक नरहरी प्रेमीको सभापतित्वमा र भरत भट्टको संचालनमा सम्पन्न भएको बिमोचन कार्यक्रममा प्रमुख अतिथि बरिष्ट गीतकार रत्न शमशेर थापा रहेका थिए ।
कार्यक्रममा बरिष्ठ चलचित्र निर्देशकहरु दयाराम दाहाल र मदन घिमिरे, डा.तारालाल श्रेष्ठ, बरिष्ट गायक आनन्द कार्की, रामकुमार एलन, प्रसिद्ध सङ्गीतकार सिके रसाईली लगायत अन्य कलाकारहरु र पत्रकारहरूको उपस्थिति रहेको थियो । आधुनिक गीति संग्रह “अनुज” मा कुशल सङ्गीतकार सम्राट थापाको एकल सङ्गीत रहेको छ भने कुशल गीतकार मीन बानियाँको एकल शब्द रचना रहेको छ ।
“अनुज” गीति संग्रहमा आनन्द कार्की , सम्राट थापा, नरहरि प्रेमी, राम चन्द्र काफ्ले, दिपक लिम्बू , जिना रसाईली, सानू मैयाँ यादबको स्वर सुन्न सकिने छ । भने गीतको प्रस्तुतकर्ता शोभा बानियाँ रहेकी छिन् ।