२०८१ बैशाख, ३
||NEWS LUMBINI |

आर्यन र श्रृष्टी अभिनित फिल्मको तीनवटा नाम, आखिर कुनमा बन्ला

‘के म तिम्रो होइन र’ बाट नेपाली सिने क्षेत्रमा भित्रिएका नायक आर्यन अधिकारीले पूर्व मिस नेपाल तथा ‘गाजलु’ डेब्यु गर्ल श्रृष्टी श्रेष्ठसँग रोमान्स गर्ने भएका छन् । डेब्यु फिल्मबाटै सम्भावना बोकेको नायक आर्यनले यस अघि प्रियंका कार्कीसँग ‘बटरफ्लाई’, अशिष्मा नकर्मीसँग ‘जस्मिन’ फिल्ममा काम गरिसकेका छन् ।

यसअघि आर्यन र श्रृष्टीले अभिनय गर्न लागेको फिल्मको नाम भने ‘सँग-सँगै’ राखिएको थियो । यस फिल्मको औपचारिक घोषणा भने निर्माण पक्षले दिएको थिएन । हालैमा चलचित्र विकास बोर्डमा निर्माण पक्षले फिल्मको नाम ‘कसो कसो माया बस्यो’ नामले दर्ता गरिएको छ । तर, निर्देशक सविर श्रेष्ठले यस फिल्मलाई ‘बाँध मायाले’ नाम राखेर निर्माण हुने जानकारी दिएका छन् ।

सोचेको नाम ‘सँग-सँगै’ भएपनि चलचित्र विकास बोर्डमा ‘कसो कसो माया बस्यो’ नाम दर्ता गरेर यसै टाइटलमा फिल्म बनेपनि फिल्म रिलिज भने ‘बाँध मायाले’ नाममा हुने निर्देशक सविरले बताएका छन् । नाम चलचित्र विकास बोर्डमा दर्ता गर्दै बिहीवारबाट फिल्मको छायांकन सुरु हुने उनले थपे । फिल्ममा आर्यन र श्रृष्टीका साथ राजाराम पौडेल, किशोर खड्का लगायतका कलाकारहरुको पनि अभिनय रहने पक्का भएको छ ।

रामहरी धिताल, सविर श्रेष्ठ, बद्री प्रसाद लामिछानेको संयुक्त निर्माणमा तयार हुने फिल्ममा अर्जुन पोखरेको संगीत सुन्न सकिन्छ । नवलपरासी तथा अन्य ठाउँमा बाबु श्रेष्ठले यस फिल्मको छायांकन गर्न लागेका हुन् ।

Facebook Comments Box

फेसबुक