नायक आर्यन अधिकारी र नायिका श्रृष्टी श्रेष्ठले अभिनय गर्ने लभ स्टोरीमा आधारित रहने नयाँ फिल्मको नाम ‘बाँध मायाले’हुने कन्फर्म भएको छ । यसअघि फिल्मको नाम ‘सँग-सँगै’ रहने चर्चा भएपनि फिल्म यूनिटले चलचित्र विकास बोर्डमा ‘कसो कसो माया बस्यो’ नाम दर्ता गरेको थियो ।
फिल्मका लागि तीनवटा नाम जुराइएपनि ‘बाँध मायाले’लाई निर्माण टिमले मनपराए पछि निर्देशक सविर श्रेष्ठले फिल्मको नाम ‘बाँध मायाले’ रहने बताएका छन् । नाम चलचित्र विकास बोर्डमा दर्ता गर्दै बिहीवारबाट फिल्मको छायांकन सुरु हुने उनले थपे । फिल्ममा आर्यन र श्रृष्टीका साथ राजाराम पौडेल, किशोर खड्का लगायतका कलाकारहरुको पनि अभिनय रहने पक्का भएको छ ।
काईट्स ईन्टरटेन्मेन्ट प्रा.लिको प्रस्तुती रहने ‘बाँध मायाले’मा रामहरी धिताल, सविर श्रेष्ठ, बद्री प्रसाद लामिछानेको संयुक्त निर्माणमा तयार हुने फिल्ममा अर्जुन पोखरेको संगीत सुन्न सकिन्छ । कोरियोग्राफी कविराज गहतराज र रामजी लामिछानेले गर्नेछन् । नवलपरासी तथा अन्य ठाउँमा बाबु श्रेष्ठले यस फिल्मको छायांकन गर्न लागेका हुन् ।