२०८० असोज, १७
||NEWS LUMBINI |

आवश्यक रकम संकलन भएपनि प्राबिधिक कारणले भागीरथलाई फर्काउन ढिलाई

न्युजलुम्बिनी-सडक दुर्घटनमा परि धन्नै डेढ  बर्ष अघि देखि कुबेतको आदान अस्पतालमा उपचार्थ भागिरथ चापागाईको स्वदेश फर्काई प्रक्रियामा प्राबिधिक समस्या शृजना भएको नेपाली दुताबास कुबेतका प्रथम सचिब भोगेन्द्र लिंदेनले बताउनु भएको छ । नेपाली जन एकता समाज कुबेतको तेस्रो   बार्षिकउत्सव समाहारोमा सम्बोधन गर्दै  प्रथम अथिति लिन्देनले नेपाली दुबास र लुम्बिनी समाज कुबेतका अध्यक्ष् रुपेन्द्र बिक्रम हमालले  निरन्तर प्रयास गरे  पनि बिमानमा बिमारी भागीरथ चापागाईको लागि आवश्यक पर्ने अक्सिजनको मात्रा  ब्यबस्थापन गर्न कठिनाई भएको जानकारी गराउनु भएको छ ।   बिमारी भागिरथ चापागाईको लागि स्वदेश फर्काउन आवश्यक रकम  लुम्बिनी समाज नेपाल कुबेतले संकलन  गरे पनि धेरै एयरलाईन्ससंग कुरा गर्दा   बिमारीको अबस्था अनुशार विमानमा आवश्यक पर्ने अक्सिजनको मात्रा ब्यबस्थापन गर्न समस्या पर्ने  जवाफ पाएकोले प्रयत्न गर्दा गर्दै पनि  स्वदेश फर्काउन ढिलाई भएको  स्पस्ट पार्नु भएको थियो ।

नवलपरासी जिल्ला बर्दघाटका भागिरथ चापागाई धन्नै डेढ बर्ष अघि मह्बुल्ला स्थित सडक दुर्घटनामा परि उपाचार्थ हुनुहुन्छ ।  बिमारी भागीरथलाइ स्वदेश फर्काउन लुम्बिनी समाज नेपाल कुबेतले आर्थिक संकलन अभियान चलाएको थियो कुबेतमा क्रियाशील संघ सस्था ब्याक्ति बिशेषले मन खोलेर सहयोग गरेका थिए नेपाल फर्काउन आवश्यक रकम संकलन भएको समाजले जनाउदै आएको छ ।

तितोपाटी डटकमबाट साभार गरिएको हो

 

Facebook Comments Box

फेसबुक