२०८१ बैशाख, ६
||NEWS LUMBINI |

इजिप्ट शोकमग्न: २७ बालबालिकासहित तीन सय भन्दा बढी मारिए

कायरो । इजिप्टको उत्तरी सिनाई प्रान्तमा रहेको मस्जिदमा गत शुक्रबार भएको बर्बरतापूर्ण आक्रमणमा परी २७ बालबालिकासहित तीन सयभन्दा बढीको मृत्यु भएको छ।

यस भयानक आक्रमणपछि इजिप्ट शोकमग्न भएको छ । साथै सर्वसाधारण डर र त्रासले भयभित भएका छन् । यद्यपी सुरक्षामा कडाई गरिएका तापनि सर्वसाधारणमा भय फैलिएको छ । यस मानवताविहीन आक्रमणमा परी ३०५ व्यक्तिको मृत्यु भइसकेको छ अन्य १०० भन्दा बढी घाइते भएका छन् ।

यस आक्रमणको इस्लामिक अतिवादी समूहले जिम्मा लिएका छन् । घाइतेमध्ये कैयौँको अवस्था चिन्ताजनक भएकोले मृतकको सङ्ख्या बढ्न सक्ने पनि चिकित्सक स्रोतले जानकारी दिएको छ । प्रार्थनाका लागि भेला भएका मुस्लिम धर्मावलम्वी ठूलो संख्यालाई लक्षित यो आक्रमण भएको थियो ।

गत चार वर्षयता इस्लामिक स्टेट्स (आईएस)द्वारा भएका घटनामध्ये यो सबैभन्दा ठूलो घटना भएको बताइएको छ । इजिप्टमा केही बर्ष यता आइएसका लडाकूले गरेको आतङ्ककारी आक्रमणमा परी सयौँ प्रहरी, सैनिक र आम नागरिकको हत्या भइसकेको छ ।

आक्रमणमा परी शुक्रबार मारिएका र घाइते भएका सबै जना सर्वसाधारण तथा प्रार्थनाका लागि भर्ना भएका व्यक्ति रहेका छन् ।इजिप्टमा आइएस लडाकू समूहले आम नागरिक र सुरक्षाकर्मीहरूलाई नै लक्षित गरी लगातार आक्रमण गर्दै आइरहेका छन् ।

सरकारी समाचार संस्थाका अनुसार आक्रमणकारीले उत्तरी गाउँ अल रावडामा रहेको मस्जिदमा प्रवेश गरी बम पड्काउनुका साथै गोली प्रहार गरेका थिए । आक्रमणकारीले प्रार्थनाका लागि मस्जिदमा आएका सुफी समुदायलाई लक्षित गरेको अनुमान गरिएको छ ।

Facebook Comments Box

फेसबुक