२०८० असोज, ७
||NEWS LUMBINI |

उपचार थाल्नै नपार्इ भयाे प्रकाशको निधन ! प्रकाश दाहालप्रति हार्दिक श्रद्धान्जली !

काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको हृदयघातबाट निधन भएको अस्पताल स्रोतले जनाएको छ। बिहान घरमा अचेत अवस्थामा भेटिएका दाहाललाई तत्काल नर्भिक अस्पताल लगिएको थियो।

अस्पतालमा पुर्‍याउँदा उनलाई हृदयघात भएपछि गरिने क्याथल्याब प्रोसेसमै लैजान नपाएको अस्पतालका एक चिकित्सकले जनाएका छन्। चिकित्सकका अनुसार प्रकाशको शव अहिले आकस्मिक कक्षमै राखिएको छ।

माओवादी नेतृ तथा पूर्व सभामुख ओनसरी घर्तीले भनिन्, ‘अस्पताल पुर्‍याउनुअघि नै उहाँको निधन भएको हामीलाई चिकित्सकहरुले बताउनु भएको छ। औपचारिक घोषणा प्रचण्ड काठमाडौं आइपुगेपछि मात्र गर्ने अस्पतालले तयारी गरेको छ।’

Facebook Comments Box

फेसबुक