पाँच वर्ष अगाडि गायक ऋषि खड्काको गीत ‘फक्रिएको फूल’माथि बनेको म्युजिक भिडियोबाट अभिनयमा डेब्यु गरेकी हुन् सुस्मिता बुर्लाकोटीले ।पहिलो गीतबाटै चर्चामा पाउन सफल उनले त्यसपछि लगातार म्युजिक भिडियो अभिनय अफर पाइन् । भिडियो अभिनयको सिलसिलामै उनलाई विभिन्न स्टेज कार्यक्रमको अवसरसमेत मिल्यो ।
स्टेज कार्यक्रममा डान्स गर्दै आफूलाई निखार्दै म्युजिक भिडियो अभिनयमा समेत रमाउँदै आएकी उनले मुम्बईको एक होली स्पेसल कार्यक्रमको समेत अवसर पाइन् ।
सोही कार्यक्रममा उनले बलिउडका एक निर्माता भेटिन् जितेस कुमार ।
उनी बलिउड सिरियलका चर्चित निर्माता पनि हुन् ।
जितेसले उनलाई निर्माण हुँदै गरेको ‘सुरक्षा’ सिरियलका लागि अडिसन दिन सुझाए ।
अडिसनबाट उनी सिरियलको मुख्य भूमिका सुरक्षाको रोलमा छानिइन् ।
उक्त सिरियल अहिले प्रसारण भइरहेको छ । महिलाको विषयमा बनेको यो सिरियलको क्रममा उनी बीचबीचमा काठमाडौं आउने जाने गर्थिइन् ।
यही क्रममा उनले ‘कसिङ्गर’ चलचित्र अभिनय अवसर पाइन् । योपछि उनले ‘टाइम’ र ‘एक्स्ट्रा मायामा’ भन्ने चलचित्र पाइन् ।
यी तीन चलचित्रमध्ये ‘एक्स्ट्रा मायामा’ अहिले प्रदर्शनको क्रममा छ ।
उनको अभिनयको हिसाबले यो तेस्रो चलचित्र भए पनि प्रदर्शनको हिसाबले पहिलो हो । ब
लिउडदेखि कलिउडसम्मको अभिनय अनुभव सँगालेकी काठमाडौँ सतुङ्गलकी स्थायी बासिन्दा अभिनेत्री सुस्मितासँग रातोपाटीको दस प्रश्न ।
तपाईंको अभिनय रहेको चलचित्र ‘एक्स्ट्रा मायामा’ प्रदर्शनमा आउँदैछ । कतिको एक्साइटेड हुनुहुन्छ ?
– अभिनयका हिसाबले ‘एक्स्ट्रा मायामा’ मेरो तेस्रो चलचित्र हो । तर रिलिजको हिसाबले पहिलो हो । अनियमा जति नै राम्रो गरे पनि चलचित्र रिलिजको समयमा डर लाग्दो रहेछ । पहिलो पटक आफूले मुख्य भूमिका निर्वाह गरेको चलचित्र दर्शक माझ आउँदैछ । के हुन्छ, कस्तो हुन्छ भनेर डर पनि छ । दर्शकले बल्ल आफ्नो काम देख्न पाउँदै छन् । मनपराउनु हुन्छ होला भन्ने आसा पनि लागेको छ ।
कस्तो भूमिकामा देख्न पाइन्छ ?
– लिड क्यारेक्टरमै छु म चलचित्रमा । ‘एज अ लभर गर्ल’को भूमिकामा छु । सहरिया प्ले गर्ल टाइपको पनि छ ।
सौन्दर्यतिर कतिको ध्यान दिनुहुन्छ ?
– सौन्दर्य कलाकारको मुख्य गहना हो । यसमा अभिनेत्रीले विशेष ध्यान राख्नुपर्ने नैै हुन्छ । घरमा म नर्मल मेकअपमा बस्न रुचाउँछु । सुटिङको समयमा सुटिङको मेकअप गरिन्छ । यसले फेसलाई बिगार्ने काम पनि गर्छ । त्यसैले यसबाट बच्न विभिन्न सामान पनि प्रयोग गर्ने गरेकी छु । गाजल र लिपस्टिक मेरा अनिवार्य मेकअप हुन् । यी दुई म कहिलै छुटाउँदिनँ ।
फेसनतिर कतिको रुचि छ ?
– पहिले त्यति ध्यान दिँदिन थिएँ । कलालाइनमा आएपछि यसलाई ध्यान दिन थालेकी छु । अधिकांश समय मलाई पाइन्ट टिसर्ट मनपर्छ । यो लगाउन पनि सजिलो लाग्छ । आफूलाई राम्रो र सेक्सी चाहिँ सारीले देखाउँछ जस्तो लाग्छ । अरूले पनि यसै भन्ने गरेका छन् ।
आफूलाई कसरी फिट राख्ने गर्नुभएको छ ?
– हल्का फुल्का एक्सरसाइज गर्छु । तर आफूलाई फिट राख्न विशेषत खानामा ध्यान दिने गरेकी छु । बलिउडको सिरियल गर्दा यो बानी लाग्यो । सो समय मासु, भात खासै खान दिनु हुँदैन थियो ।
ड्रिम केही छ कि ?
– अभिनयमा आएकी छु । अभिनयमा सफल हुँ । धेरैभन्दा धेरै दर्शकको माया पाउन सकौँ । चारैतिर चर्चा होस् । देश विदेशमा पनि नाम होस् भन्ने छ ।
नराम्रो बानी पनि होला नि ?
– छिट्टै रिसाउँछु । साथीभाइले पनि यसै भन्छन् । यो नै मेरो नराम्रो बानी होला ।
कस्तो पुरुष मनपर्छ ?
– हेर्दैमा ह्यान्डसम, बानी व्यहोरा र शिक्षा पनि राम्रो भएको । पैसालाई म महत्व दिन्न । पैसा त कमाउन सकिन्छ नि ।
प्रेम परेको छ कि छैन ?
– छैन । समय पनि भएन । परिवारको सपोर्टबिना सानै उमेरबाट अभिनय क्षेत्रमा होमिएँ । त्यसो त प्रेमका अफरहरू नआएको भने होइन । करियर बनाउने दौडमा भएकाले कुनै पनि अफर स्वीकार्न सकिनँ । पहिलो प्रेम पत्र १० कक्षामा पढ्दा ट्युसन पढाउने टिचरले दिएका थिए । डराएर नो भने ।
रोजेको व्यक्तिसँग डेटको अफर मिल्यो भने ?
– अनमोल केसी निकै ह्यान्डसम लाग्छ । मन पर्छ पनि । उसको बानीले मलाई ऊतिर खिचेको छ । डेटको अफर मिल्यो भने उनीसँग नै जान्छु ।
-रातोपाटी