२०८० असोज, ६
||NEWS LUMBINI |

ओली सरकारमा दुई उपप्रधानमन्त्री, फोरमका दुई मन्त्री थपिए

काठमाडौँ — फोरमलाई सरकारमा ल्याउनका लागि प्रधानमन्त्री केपी ओलीले विगतमा आफैंले गरेको अडान बदल्दै सोमबार दुईजनाई उपप्रधानमन्त्री बनाएका छन् । फोरम अध्यक्ष उपेन्द्र यादव नै सरकारमा सहभागी हुने भएपछि उनलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारीसहित उपप्रधानमन्त्री बनाइएको हो ।

यादवलाई उपप्रधानमन्त्री दिनुपर्ने भएपछि प्रधानमन्त्रीले रक्षामन्त्री ईश्वर पोखरेललाई पनि उपप्रधानमन्त्रीमा बढुवा गरेका छन् । नयाँ जिम्मेवारी पाएका र नवनियुक्त मन्त्रीहरुले शुक्रबारै राष्ट्रपतिसमक्ष शपथ ग्रहण गरेका छन् । वरीयतामा पोखरेलपछि यादव रहने छन् ।
विगतमा उपप्रधानमन्त्री भइसकेकाले अहिले पनि त्यही पद पाउनुपर्ने अडान यादवले राखेका थिए । त्यही विषयमा कुरा नमिल्दा शुक्रबार शपथको समय झण्डै दुई घण्टा पर सरेको थियो । दिउँसो राष्ट्रपति कार्यालयले उपेन्द्र यादवलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारीसहित मन्त्रिपरिषद्को कार्यविभाजन भएको विज्ञप्ति जारी गरेको थियो । तर, यादवले उपप्रधानमन्त्रीको अडान नछोडेपछि दिउँसो बालुवाटारमा बसेको प्रधानमन्त्री ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल र नेता माधव नेपालसहितको बैठकले यादवसहित पोखरेललाई पनि उपप्रधानमन्त्री बनाउने समझदारी गरेको थियो । पोखरेल पनि यसअघि नै उपप्रधानमन्त्री भइसकेका थिए । तर उपप्रधानमन्त्री नै नराख्ने भन्दै यसअघि ओलीले पोखरेललाई रक्षामन्त्रीको मात्र जिम्मेवारी दिएका थिए ।
प्रधानमन्त्री ओलीले सञ्चार एवं सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई पनि बढुवा गरी ‘फुलमन्त्री’ बनाएका छन् । यसअघि राज्यमन्त्री बनाएपछि उनलाई क्याबिनेटस्तरकै जिम्मेवारी थियो । स्वास्थ्य मन्त्रालयमा यसअघि नै राज्यमन्त्री बनाइएको पद्यमा अर्यालको जिम्मेवारी भने फेरबदल भएको छैन । तर, यादवले काम गर्न अप्ठेरो महसुस गरे अर्यालको जिम्मेवारी फेरलबदल हुन सक्ने प्रधानमन्त्री स्रोतले जनाएको छ ।
साभार:- कान्तिपुरबाट
Facebook Comments Box

फेसबुक