अहँ !
चाहिँदैन मलाई
त्यो गगनचुम्बी महल
त्यो स्वर्गमा पुगिने रेल
त्यो हावाबाट चल्ने गाडी
पानीको धारामा इन्धन
घरअगाडिको खोलामा पानी जहाज
रुखको पातमा बल्ने बत्ती
दुई महिनामा कोल्टे फेर्ने मेरो सहर
मोति बिछाईएको म हिँड्ने बाटो
सुनको लेपन गरिएको मैले खाने चामल
गएर निदाए पुग्ने त्यो सरकारी जागिर
नपढी पास हुने त्यो कोटायुक्त शिक्षा
पैसा छाप्ने त्यो कलकारखाना।
ओ राजनेता!
किन मौन छस?
आफ्नै आखाले देखिदेखी
मेरो घरको चुहिने छानो
मेरा बा को खिइएको नङग्रा
मेरी आमाले बगाएको पसिना अनि रगत
मेरो मुग्लान भासिएका दाजुले बिताएको –
त्यो नरकरुपि जीवन
मेरो घरमा निब्न लागेको टुकि
एक गासमा अघाएको मेरो भोक
हिडदा हिड्दै चिरिएका मेरा पैतालाहरु
दिनरात मेहनत गरेर पनि
नाम ननिकालेको मेरो भाइ
एक मुठी चामलमा साटिएको
मेरो हजारौँ सपनाहरू।
निस्की बाहिर !
त्यो सिसैसिसाको महलबाट
अनि मलाइ उत्तर दे!
के दुईमहिनामा यो देश बन्छ?
त तेहि मान्छे हैनस?
जस्लाई जन्माउन तेरी आमाले
नौ महिना लाएकी थिइन।
जस्लाई हुर्काउन तेरी आमाले
मेला पात धाएकि थिइन।
नछर तेरो देखावटी भाषण
नदेखा तेरो देखावटी शासन ।
खुब आफूलाई ,जनताको नेता भन्छस हैन?
आफै ठुलो अनि सर्बश्रेष्ठ बनछस हैन?
आइजा खुल्ला मैदानमा ,
अनि भिड जनता सँग।
हो !
त्यो दारुमा बिक्ने
त्यो पैसा भारुमा बिक्ने
जनता रहेनन अब।
ती चहान्छन
एक मिठो सपना
सुन्दर बिहानी
पसिना बगाउने खेत
एक मुठ्ठी विश्वास
अनि कुशल सुशासन।
के सक्छस् दिन ?
दीप एकल