बाम गठवन्धनको तर्फ बाट काठमाडौं क्षेत्र नं ४ प्रदेस क्षेत्र २ मा कुसुम कुमार कार्की उम्मेदवार बनेका छन ।आसन्न निर्वाचनका मुद्दा र उम्मेदवारी सम्बन्धमा कार्की संग कपन अनलाइनले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
कपन अनलाइन : तपाइले सावीक महांकाल गाविसको जनप्रतिनिधि भएको समय कस्तो थियो ?
कुसुम कुमार कार्की : त्यो समय मेरो लागि २ किसिमले विशेष थियो। एउटा मैले प्राप्त गरेको जिम्मेवारी र अर्को मेरो त्यो उमेर अनि उर्जा जसले मलाई त्यो समय काम गर्न सहयोग गर्यो ।त्यो समय सवथोक गर्छु भन्ने लाग्ने रहेछ तर त्यो समय विकासको र सोचको जग बसाल्ने समय थियो ।मैले गरेका कामहरु अहिले पनि जो कसैले हेर्न सक्छ ।
त्यो समयले मलाई अर्को ज्ञान दियो त्यो भनेको मैले यस स्थानका आम जनताको समस्या संग साक्षात्कार हुने मौका पाएको छु ।ति समस्या समाधानमा सहयोग गरेको छु ।यहाको आवस्यकता संग परिचित छु ,यहाको भूगोल र जनशक्ति संग त्यो अनुभवले मलाई नजिक पनि बनायो ।मैले त्यो बेला प्रौड जिम्मेवारी लाई युवा आँखाले हेरेर ,युवा काँधमा बोके र यहाका जनताको सेवा गर्ने अनुपम अवसर पाए ।
कपन अनलाइन : तपाइका मुख्य चुनावी एजेन्डाहरु केके रहेका छन ?
कुसुम कुमार कार्की : मैले दुइ कार्यकाल जनप्रतिनिधि भएर काम गर्ने मौका पाए त्यसले मलाई के बुझायो भने अहिले हामी जे बिकास गरिरहेका छौ । त्यो तदर्थवादी त्यो केहि समय टिक्ने मात्र बिकास रहेछ ।
दिगो बिकासको लक्ष्य सहित हामी अगाडी बढ्नु पर्छ।अहिले सम्मको बिकास भनेको एकदम तदर्थवादी काम चलाउ मात्रै केहि समयलाई मात्र टिक्ने भयो ।अव नागरिकका जे समस्या हुन् त्यो नागरकिककै सहभागितामा दिगो समाधान गर्ने गरि काम गर्नु पर्दछ ।त्यसलाई तालिका वद्ध गरि प्राथमिकताका आधारमा स्थानीय तह संग मिलेर समस्याहरु समाधान गर्दै दिगो बिकासको लागि अघि बढ्नु पर्दछ ।
यहाँ ठुलो समस्या भनेको बाटोको समस्या रहेको छ । खानेपानीको समस्या रहेको छ, ढलको समस्या रहेको छ । ढल निर्माणको समस्या संग संगै डुवानको समस्या रहेको छ ।निकासको समस्या धेरै ठाउमा रहेको छ। त्यस्तै गरि सार्बजनिक यातायातको पनि समस्या रहेको छ।फोहोर प्रदूषणको समस्या छ जुन समाधान गर्न हामीले मुर्त योजना बनाउनु पर्दछ । यो गर्न मलाई एकदम सजिलो छ किनकी अहिले हाम्रा प्रतिनिधि हरेक गाउ टोलमा छन ।म अहिले पनि हरेक जनताको समस्या समाधानमा उहाहरु मार्फत संलग्न छु ।
कपन अनलाइन : यी बाहेक तपाईका कुनै विशेष योजना पनि छन :
कुसुम कुमार कार्की : अवस्य छन ।मैले यस क्षेत्रको भूगोल र सामाजिक अवस्था विश्लेष्ण गर्दा यहाँ प्रचुर सम्भावना देखेको छु ।
यस क्षेत्रमा हामीले नया सोच र अवधारणा सहितको औधोगिक सहर निर्माण गर्न सक्छौ।त्यो सहर नगरका सबै जनताको सहभागितमा निर्माण हुनेछ ।त्यहा स्थानीय रुपमा रहेका शैक्षिक संस्था ,आर्थिक संस्था ,सामाजिक संस्था ,ब्यापारिक समुदाय सबैको हिस्सा र सहयोग हुनेछ ।
अर्को यस क्षेत्रमा पर्यटनको विकासको प्रचुर सम्भावना छ ।त्यहि सम्भावना देखेर म नेकपा एमालेको काठमाडौं क्षेत्र नं ४ को अध्यक्ष रहदा यहाँ केहि पहल सुरु गरेको छु ।हामीले त्यसैको लागि पर्यटन सहकारी स्थापना गर्ने प्रक्रिया थाली सकेका छौ ।यो सहकारीमा शेयर सदस्य मा हाम्रो क्षेत्रवासी हुनु हुनेछ ।
कपन अनलाइन : मतदाताहरु संग मत माग्ने आधारहरु केके रहेका छन?
कुसुम कुमार कार्की : पहिलो कुरा त् म यस क्षेत्रको कुनै तहमा जन प्रतिनिधिको बन्ने क्रममा २ पटक जन परिक्षा पास भएको उम्मेदवार हो ।मैले अहिले सम्म कुनै निर्वाचन हारेको छैन (हासो ) मेरो हिजो काम गराईको अनुभब र हिज्जो काम गर्दा खेरि जनताले जाचिसकेको व्यक्ति पनि भएको हुदा हामी संग बिकासको खाका छ ५ देखि १० हजार ब्यक्ति लाइ रोजगारी सिर्जना योजना र आधार पनि छ ।स्थानीय तहमा जनताले देखाएको दह्रो समर्थन पनि छ ।
कपन अनलाइन : अन्त्यमा मतदाताहरुलाई के भन्न चहानुहुन्छ?
कुसुम कुमार कार्की :जनप्रतिनिधिहरुले जिती सकेपछी आफ्नो क्षेत्रमा नआउने समस्या ,भेटघाट गर्न जनप्रतिनिधिको मुख देख्न नपाइने आम गुनासो पाइएको छ । हामी तालिका बनाएर वडा सदस्यले कति समय दिने ,वडा अध्यक्षले कति समय दिने, मेयरले कति समय दिने, प्रदेशका संसदले कति समय दिने केन्द्रको सदस्यले कति समय दिने भनेर सार्वजनिक सूचना मार्फत सुचित गर्नेछौ ।
तालिका अन्तर्गत हामी जान्छौ त्यसरी जादा त्यो समस्या सिघ्र समाधान हुन्छ किनकी हाम्रो भूगोल धेरै ठुलो र टाढा पनि छैन । नागरिक कै सहभागितामा यस क्षेत्रमा भएका समस्या समाधान गर्नेछौ ।
दिगो संरचना बनाउनको लागि मेरो पहल हुनेछ आर्थिक एजेन्डा ,सुशासनको एजेन्डा सिस्टम बनाउने कुरा संगै सभ्य नागरिक बनाउने कुरामा सक्रिय योगदान हुनेछ ।त्यसैले एकपटक मलाई आम मतदाताहरुले मलाई चुन्नु हुनेछ र काम गर्ने मौका दिनुहुनेछ मलाई आशा छ मलाई बिजय गराउनको लागि मेरो पार्टीको चुनावचिन्हमा मतदान गरि सहयोग गरिदिनु अनुरोध गर्दछु ।