२०८१ बैशाख, ६
||NEWS LUMBINI |

कम्युनिष्टहरु मिलेर देशमा अधिनायकवाद ल्याउन खोजिरहेका छन् : प्रधानमन्त्री देउवा

मंसिर ११, २०७४-प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा कम्युनिष्टहरु मिलेर अधिनायकवाद ल्याउन खोजिरहेको बताएका छन् ।

देशमा कम्युनिष्ट शासन आए लोकतन्त्र नै खतरामा पर्ने र नेपाली जनताका हकअधिकार खोसिने प्रधानमन्त्री देउवाले बताए । तेह्रथुमको म्याङलुङमा नेपाली कांग्रेसले सोमबार आयोजना गरेको बृहत चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले वाम गठबन्धनका कारण नेपालको लोकतन्त्र र प्रजातन्त्र दुवै खतरामा पर्न लागेको बताए ।

नेपालमा कम्युनिष्ट शासन आए नेपाली जनताले स्वतन्त्रपूर्वक हिँडडुल गर्ने र बोल्ने अधिकार समेत खोसिने भन्दै आसन्न निर्वाचन मार्फत नेपालको भविष्य गम्भीर मोडमा पुग्न लागेको बताए । लोकतन्त्र रक्षाका लागि लोकतान्त्रिक शक्ति एकजुट भएर संविधानको रक्षा र त्यसको कार्यान्वय अहिलेको मुख्य चुनौती रहेको प्रधानमन्त्री देउवाले बताए ।

चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले तेह्रथमुको बिच भाग भएर निर्माण भइरहेको मध्यपहाडी लोकमार्गलाई तीव्रता दिने र बसन्तपुर म्याङलुङ सडक कालोपत्रे गर्न काम तत्कालै हुने बताए । सभालाई छोटो समय सम्बोधन गरेका देउवाले आगामी २१ मंसिरपछि लोकतन्त्र खतरामा पर्ने दोहोर्‍याए ।

 

सभालाई सम्बोधन गर्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनाव मार्फत नेपालमा कम्युनष्टि शासन हावी हुन लागेको भन्दै लोकतन्त्र रक्षाका लागि सबैलाई एकजुट हुन आग्रह गरे । नेता पौडेलले तेह्रथुमको विकासका लागि तमोर जलाशाययुक्त जलविद्युत आयोजना निर्माण, जिल्ला भित्र निर्माण भएका सडक सञ्जालको स्तरोन्नती, २८ प्रजातीका गुराँस फुल्ने तीनजुरे मिल्के जलजले क्षेत्रको पर्यटकीय विकास, वैज्ञानीक कृषि प्रणालीको विस्तार जस्ता विकासको काम कांग्रेस नेतृत्वको सरकारले गर्न लागेको बताए ।

सभालाई भौतिक पुर्वाधार तथा यातायात राज्य मन्त्री तथा प्रतिनिधिसभा उमेदवार सिता गुरुङ, पुर्व सांषद गणेश विमली, तुलसी सुव्वा, प्रदेशसभा उमेदवारहरु गोविन्द ढुंगाना, विजय सम्वाहाम्फाम्फे लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

प्रकाशित: मंसिर ११, २०७४

http://bit.ly/2A9H6R0

Facebook Comments Box

फेसबुक