२०८० असोज, ७
||NEWS LUMBINI |

कर्णराजको ‘त्यही केटीले’

 गायक कर्णराज गिरीको नयाँ गीत ‘त्यही केटीले’ सार्वजनिक भएको छ । म्युजिक भिडियो सहित सार्वजनिक गीत  गिरीले युट्युव मार्फत बाहिर ल्याएका हुन् ।  आकर्षक भिडियोसहित सार्वजनिक गीतले दिन प्रतिदिन चर्चा बटुल्दै छ । ‘ह्याङ बनायौ’, ‘भाइरल भयो रे’, ‘फर्क परदेशी’, ‘देश रोइरहेको छ’ जस्ता गीत गाएर चर्चामा छाएका गिरीले गीत दर्शक श्रोताको रोजाइमा पर्ने बताए ।

म्युजिक भिडियोमा अभिनेत्री शिल्पा पोखरेल र दुर्गेश थापाले अभिनय गरेका छन् । ‘तिम्रो आँखा गाजलु तिम्रो हेराई लजालु’ भन्दै दुर्गेशले सिल्पाको सुन्दरताको बयान गरेका छन् ।  कर्णराज गिरी आँफै संगीत भरेको गीतको भिडियो क्रान्ति केसीले निर्देशन तथा सम्पादन गरेका हुन् । भिडियो काठमाडौं भित्रै नै छायाँकन गरिएको हो ।

 

-रातोपाटीबाट साभार गरिएको हो

Facebook Comments Box

फेसबुक