२०८० असोज, १७
||NEWS LUMBINI |

कांग्रेस नेता चढेको गाडीलाई लक्षित गरेर बम बिस्फोट

गुल्मीको मुसिकोट नगरपालिका १ नेटामा केहीबेर अघि चुनावी प्रचारमा रहेको गाडीलाई लक्षित गर्दै बम बिस्फोट भएको छ ।

मालिका गाउँपालिका २ दर्लिङमा आज हुन लागेको चुनावी सभामा जाने क्रममा लु १ च ९४५८ नम्बरको जिपलाई लक्षित गरी बिस्फोट भएको हो । जिपमा कांग्रेस जिल्ला सचिव खिलध्वज पन्थी र क्षेत्रीय सभापति भगत खड्का सवार थिए । जिप र जिपमा सवार सबै सकुशल छन् ।

बम बिस्फोट भएपनि कुनै क्षती नभएको सभापति खड्काले बताउनु भयो । प्रहरी नायव उपरिक्षक गंगाबहादुर थापाले कांग्रेसका कार्यकर्तालाई लक्षित गर्दै बिस्फोट गरेको बताउनु भयो । रेडबुलको क्यानमा तयार गरेको बमका टुक्रा घटनास्थलमा फेला परेको प्रहरीले जनाएको छ ।

स्थानीय प्रशासनले बम बिस्फोट भए लगत्तै त्यस क्षेत्रमा थप सुरक्षाकर्मी पठाएको छ । बाग्लुङको सिमानामा पर्ने क्षेत्रमा बिस्फोटको घटना भएकाले थप सुरक्षकर्मी सहित सतर्कता अपनाईएको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले बताउनुभयो ।

Facebook Comments Box

फेसबुक