२०८१ बैशाख, ६
||NEWS LUMBINI |

कांग्रेस सचेतकमा पुष्पा भुसाल मनोनयन

कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दलको सचेतकमा सांसद पुष्पा भुसाल गौतमलाई मनोनयन गरेका छन् ।

संसदीय दलको विधान ९संशोधन तथा परिमार्जन, २०७४० को धारा १३ को उपधारा ९२० बमोजिम भुसाललाई बुधबार सचेतकमा मनोनयन गरेको उनका निजी सचिव केशवराज जोशीले जानकारी दिए । भुसाल समानुपातिक सांसद हुन् ।

देउवाले प्रमुख सचेतकमा यसअघि नै बालकृष्ण खाँडलाई मनोनयन गरेका थिए ।

Facebook Comments Box

फेसबुक