२०८१ भाद्र, २९
||NEWS LUMBINI |

कार्यालयमा तनावबाट यसरी बच्नुस् !

काठमाडौं, ८ मंसिर — कार्यस्थल वा घरमा तनावको स्थिति आउन सक्छ । कार्यस्थलमा चाहिँ बढी दबाब हुने हुनाले तनाव जन्मिन सक्छ ।

कहिलेकाहीँ तपाईंले एकैचोटिमा धेरैथरी काम गर्नुपर्ने हुन्छ । यसले गर्दा हुने तनाव तपाईं घरमा पनि लिएर आउन सक्नुहुन्छ ।

तपाईंको जिन्दगीमा तनाव नआओस् भन्नका लागि केही प्रयास गर्नुपर्छ । स्ट्रेस म्यानेजमेन्टका केही टिप्स हामी यहाँ तपाईंसँग बाँड्दैछौं ।

समय व्यवस्थापन
विज्ञहरूले सही समय व्यवस्थापन नहुनु तनावको प्रमुख कारण भएको बताएका छन् । दिनको शुरुवातमा समयलाई महत्त्व दिएर काम गर्दा तपाईं दिनभरि आरामले काम गर्न सक्नुहुन्छ । राम्ररी योजना बनाउँदा तनाव आफैं कम हुन थाल्छ । डेडलाइनलाई फलो नगर्दा दबाब परेर गल्ती हुन्छ । त्यसैले अनुशासित भएर डेडलाइनमै काम सक्नुस् ।

साथीसँग गफ
तपाईं तनावमा हुनुहुन्छ भने अफिसका सहकर्मी, साथी र परिवारका सदस्यसँग कुराकानी गर्नुस् । कुराकानी गर्दा तपाईंले राम्रो सल्लाह पनि पाउन सक्नुहुन्छ । आफ्नो चिन्ताको प्रमुख कारण खुलेर बताउनुस् । तनावमा हुँदा कामबाट ब्रेक लिनुस् । परिवार वा साथीभाइसँग घुमघाम गर्न गएको राम्रो हुन्छ । मानसिक काम गरेजति नै शारीरिक परिश्रम पनि गर्नुस् ।

आफ्नो लागि बाँच्ने
कार्यस्थलमा लामो समय नबिताउनुस् । अफिस आवरभन्दा बढी बस्दै नबस्नुस् । आफ्नो जिन्दगी पनि बाँच्नुस् । बीचमा लन्च खाँदा मेल र फोनमा नझुण्डिनुस् । काम गर्दा पनि मोबाइल परै राख्नुस् । तनाव घट्छ ।

संवादकला बढाउनुस्
कार्यस्थलमा दिनभरिमा धेरैथरी सन्देश आदानप्रदान गर्नुपर्ने हुन्छ । आजकल सञ्चारलाई कार्यस्थलमा अत्यन्त आवश्यक कुराका रूपमा लिइन्छ । फेस टू फेस कम्युनिकेसनका साथ प्रोजेक्ट डील गर्दा राम्रो हुन्छ । यसले समस्याको समाधान निकाल्छ । राम्रो संवादशैलीले तपाईंलाई तनावरहित भएर काम गर्न सहायता गर्छ । अर्काको कुरा सुन्न र आफ्ना भावनाहरूलाई नियन्त्रण गर्न पनि तपाईंले सिक्दै जानुहुन्छ ।

कामको बीचमा ग्याप
दिनमा आफ्ना कामहरूका बीचमा ग्याप राख्नुस् । बिहान उठेपछि राति सुत्नुअघिसम्म तपाईं घन्टाको कामका आधारमा भाग लगाउनुस् । यसबीचमा आफ्ना लागि दुई मिनेट समय निकाल्नुस् र आफूले कस्तो काम गरिरहेको छु भनी मूल्यांकन गर्नुस् ।

तनावमा योगसाधना प्रभावकारी उपचार हो । लामो सास लिनुस् । खुलेर हाँस्नुस् । यसरी नै तपाईं तनावलाई हटाउन सक्नुहुुन्छ ।

एजेन्सी

Facebook Comments Box

फेसबुक