२०७७ कार्तिक, १४

कास्की–२ मा बिद्याले भारी मतले जितिन, नेकपाको विजयी र्‍याली : हेर्नुस् फोटो र भिडियोमा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पोखरा । कास्की निर्वाचन क्षेत्र २  को प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विजयी र्‍याली निकालेको छ । प्रतिनिधिसभा सदस्यका लागि शनिबार सम्पन्न उपनिर्वाचनमा कास्की –२ मा नेकपा उम्मेदवार विद्या भट्टराई २४ हजार ३९५ मत ल्याइ विजयी भएकी छिन् ।

उनले प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका खेमराज पौडेललाई   ८ हजार ४०९ मतान्तरले पराजित गर्दै उनले विजयी हासिल गरेकी  हुन् । काँग्रेस उम्मेदवार पौडेलले १५ हजार ९८६ मत  प्राप्त गरे ।

जितसँग यतिबेला कास्की–२ मा नेकपाले भब्य विजयी र्‍याली निकालेको छ । केन्द्रीयदेखि जिल्ला तहमा नेताहरु र्‍यालीमा सहभागी भएका छन् ।

 -रातोपाटीबाट साभार गरिएको हो
Facebook Comments

फेसबुक