काठमाडौं । बलिउडका सुपस्टार सलमान खान नेपाल आउने भएका छन् । यस अघि चर्चित पप गायक ब्रायन एडम्सलाई नेपाल कन्सर्टका लागि ल्याएको ओडीसि इन्टरटेनमेन्टले सुपरस्टार सलमान खानलाई नेपाल ल्याउने तयारी गरिरहेको छ।जानकारीमा आएअनुसार फागुन २६ गते टुडिखेलमा हुने ‘दबंग :द सलमान खान लाइभ इन नेपाल’ को तयारी भइरहेको छ र जसका लागि सलमान नेपाल आउने भएका छन्।
सलमानसहितका कलाकारलाई दिनुपर्ने पारश्रमिक भुक्तानीका लागि विहीबार संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग अनुमती माग्दै निवेदन दिएको छ । सलमानसहित प्रभु देवा, ज्याकलिन फर्नान्डेज, जरिन खान, डेजी शाह, मित ब्रदर्श लगायत आउनेछन् । सलमानका भाई सोहिल खानले कन्सर्ट हुने स्थान, बस्ने होटल, सुरक्षा लगायतका विषयबारे काठमाडौंमा बुझेर फर्कनेछन् । कन्सर्टमा २५ हजार उपस्थित हुने लक्ष्य राखिएको छ ।
Facebook Comments Box