२०८१ असार, १
||NEWS LUMBINI |

कुबेतमा एक नेपालीको निधन

न्युज लुम्बिनी-कुवेतमा एक नेपालीले ज्यान गुमाएका छन । सर्लाही जिल्ला डुमरिया ९ घर भई बिगत ६ महिना देखी कुवेतको सीजिजिसी कम्पनीमा कन्स्ट्रक्शन्स हेल्परको रुपमा कार्यरत  ३६ वर्षिय नरेश बैठाको निधन भएको हो ।
 प्राप्त जानकारी अनुसार कम्पनीको क्याम्प मै बिहान २ बजे तिरै अचानक रगत बान्ता हुन थाले पछी एम्बुलेन्स झिकाई अस्पताल पठाएईएकोमा अस्पताल  लैजाँदै गर्दा उनको मृत्यु भएको कम्पनीका एचआर म्यानेजर याङले जानकारी गराएका छन् ।
मृतकको शव जाहारा अस्पतालमा रहेको र  नेपाली दूतावाससंग समन्वय गरी छिटो भन्दा छिटो नेपाल पठाईने र कम्पनीले यहाँको कानून आनुसार मृतकको परिवारलाई क्षतिपूर्ति दिने बुझिएको छ ।
स्रोत:-पत्रकार कोसराज राई
Facebook Comments Box

फेसबुक