२०८१ असोज, ३०
||NEWS LUMBINI |

कुबेतमा कल्याणकारी सांगेतिक धमाका हुने, अथिती कलाकार दुर्गेश थापा, सम्झना भण्डारी र पुर्खेको बाको साथमा

न्युज लुम्बिनी- स्थापनाको छोटो समय मै कुबेतको नेपाली समाजमा सक्रिय सामाजिक सस्थाको रुपमा परिचित कल्याणकारी नेपाली युवा समाज कुवेतले अागामी अगष्ट २४ तारिख शुक्रबारका दिन चर्चित लोकपप गायक, गीतकार/संगीतकार तथा मोडल दुर्गेश थापा, लाेक दाेहाेरी गायिका एबम मोडल सम्झना भण्डारी र हास्य कलाकार पुरूषोत्तम भण्डारी(पुर्खे बा)को साथमा  भब्य सांगितिक कार्यक्रम गर्ने जानकारी कल्याणकारी नेपाली समाज कुबेतका अध्यक्ष् निरज सिंह ठकुरीले न्युज लुम्बिनीलाई जानकारी गराएका  छन् ।
युवा पुस्तामा अत्यन्तै रूचाइएका लोकपप गायनमा माहिर दुर्गेस थापाका “यो ज्यान फाल्दिन छु – मेरो दिल चोर्नेलाई मुद्दा हालदिन्छु, छोटो मिनिस्कर्ट, बेबी डल, रातो रातो खुर्सानी पिरो छ-क्षेत्रीको छोरो नि हिरो छ, कि दुर्गेश जेलमा-कि दुर्गेश रेलमा” जस्ता सुपर डुपर हिट गितका म्युजिक भिडियोहरू नहेर्ने कमै मानिस होलान् । स्वदेश तथा विदेशमा  अायोजना गरिने स्टेज सो हरूमा अत्याधिक दर्शक तान्न सफल दुर्गेश थापा यतिखेरका व्यस्त गायक तथा मोडल हुन ।
त्यसै गरी भरखरै मात्र “मलेखु- तिम्रो नाम यो दिलमा लेखुं नलेखुं ” बोलको  सर्वाधिक रूचाइएको गीत सार्वजनिक गरेकी र “मेरो माया बसेको ठाउँमा – बत्ती बाल्नै पर्दैन त्यो गाउँमा, छिनछिन बज्ने चुरा-मुटु भित्रै बसेकी मायालार्इ कहाँ विर्सेको छु र, गहुँ छरेको बारीमा तोरी भएछ, जुनलार्इ हेरी हेरी, माली गाइले बाच्छी चाटेको, भुरूरू कहाँ गयो मैना ” जस्ता मिठा सांगितीक खुराक पस्केकी सम्झना भण्डारी लाेकदोहोरी क्षेत्रमा सबैले मन पराएकी गायिका हुन् ।
त्यसै गरि हाँस्य व्यंग्यको क्षेत्रमा लामो समयदेखि लागि परेर युटुब च्यानमा “पुर्खे बा” नामले चिर परिचित भएका  पुरूषोत्तम भण्डारीको हाँस्य व्यंग्यको समेत कुवेतका नेपालीहरूले मजा लिन पाउने भएका  छन् ।
“हाम्रो एकता समाज सेवामा प्रतिबद्धता” नारा सहित कुबेतको नेपाली समाजमा स्थापना भएको छोटो समयमा नै अाफ्नो छुट्टै पहिचान बनाउन सफल सँस्था कल्याणकारी नेपाली युवा समाज कुवेतले राहत उद्दार, सहयोग तथा खेलकुदका कार्यक्रमहरू संचालन गर्दै अाएकोमा यस पटक भने गीत संगीत मार्फत कुवेतको नेपाली समाजलार्इ मनोरंजन प्रदान गर्न लागेको समाजले जनाएको छ   आगामी अगष्ट २४ तारिखका दिन कुनै पनि नेपाली संघ सस्थाले कार्यक्रम नजुधाइदिनुहुन कुवेतमा कृयाशिल नेपाली संघ सँस्थाहरूलार्इ अनुरोध गर्दै  चर्चित लोकपप गायक तथा मोडल दुर्गेश थापा, लोकदोहोरी गायिका तथा मोडल सम्झना भण्डारी र हास्यकलाकार  पुरूषोत्तम भण्डारी(पुर्खे बा) को साथमा हुने  सांगितिक कार्यक्रमलार्इ भव्य र सभ्य रूपमा सफल पार्नको लागि नेपाली राजदूतावास कुवेत, कुवेतमा कृयाशिल नेपाली संघ सँस्था,, समाजसेवी, बद्धिजीवि, पत्रकार लगायत कुबेतबासी नेपालीहरुलाई  समाजका अध्यक्ष् निरज सिंह ठकुरीले  अनुरोध समेत गरेका छन ।
Facebook Comments Box

फेसबुक