२०८१ बैशाख, ६
||NEWS LUMBINI |

कुबेतमा फेरी अर्का नेपालीले ज्यान गुमाए

न्युज लुम्बिनी- कुबेतमा  फेरी एक नेपालीको निधन भएको छ । साबिकको बिरेन्द्र नगर नगरपालिका-७ हाल राप्ती नगरपालिका-८ चितवन घर भई कुवेतमा कार्यरत ईन्द्रमणी देबकोटाको कुवेतको फर्वानिया अस्पातलमा मृत्‍यु भएको हो । उच्च रक्तचाप र हात-खुट्टा सुन्निएर केही दिन देखी अस्पातल भर्ना भई उपचार गराइरहेका देबकोटाको डिसेम्बर-७, शुक्रबारका दिन बिहान मृत्‍यु भएको खबर प्राप्त भएको छ ।
धन्नै ९ बर्ष देखी कुवेतमा आर्मी क्याम्प, सिटी बस तथा ट्याक्सी चालकको रुपमा काम गरिसकेका ४५बर्षिय मृतक ईन्द्रमणीको श्रीमती रोजगारिकै क्रममा  ईजरायलमा  र नेपाल घरमा छोरी-छोरी रहेका छन।

 

Facebook Comments Box

फेसबुक