२०८० फाल्गुन, १२
||NEWS LUMBINI |

कुबेतमा मनाईयो लुम्बिनी दिवश

न्युज लुम्बिनी-कुवेतमा लुम्बिनी समाज नेपाल कुबेतको आयोजनामा लुम्बिनी दिवश-२०१८ मनाईएको छ।  कुवेतको मुर्गाब स्थित गुल्सन रेष्टुरेन्टमा  शुक्रबार एक कार्यक्रमको आयोजना गरि १०८ वटा दिप प्रज्वलन गरी मनाईएको छ ।

कार्यक्रम सुदुरपश्चिम सेवा समाज नेपाल कुवेतका अध्यक्ष अम्मर खड्का, लाली गुराँस साँस्कृतिक परिवार कुवेतका अध्यक्ष माधब पौडेल, चर्चित लोकगायक तथा समाज सेवी माधब शर्मा, फोटो पत्रकार प्रसाद तिमिल्सिना, आरडी क्रेसन संचालक बिजय धामी, अन्तराष्ट्रिय नेपाली कलाकार समाज कुवेतका अध्यक्ष डोलराज न्यौपाने, डिसी नेपाल डट कमका प्रतिनिधि माधब शाही, अर्घाखाची बुलेटिनका खुम रायमाझी, संरक्षक एच पी खत्री, निरुमाया खड्का, हरि कडेल लगायतका अतिथीहरुले शुभकामना व्यक्त गरेका थिए  ।

 

लुम्बिनी समाज नेपाल–कुवेतका अध्यक्ष रुपेन्द्र बिक्रम हमालको अध्यक्षतामा सम्पन्न कार्यक्रम राज मल्लले संचालन गरेका थिए भने अतिथिहरुलाई समाजका महासहिब नेत्र पेमी मगरले मन्तब्य द्वारा स्वागत गरेका थिए । संस्थाका संरक्षक तथा पत्रकार नवराज पन्थीले लुम्बिनी दिबस मनाउनुको कारण प्रस्ट्याएका थिए। भने उपाध्यक्ष् अशोक ओस्तिले धन्यबाद व्यक्त गरेका थिए ।

 

कुबेतमा पाचौ पटक मनाईएको लुम्बिनी दिवश कार्यक्रममा  सभापति तथा अतिथिहरुले सामुहिक रुपमा १०८ वटा दिप प्रज्वलन गरी विश्व भर शान्तिको कामना गरिएको थियो । उक्त कार्यक्रम मा अम्मर खड्का, माधव पौडेल,प्रसाद तिमिल्सिना र हरि कंडेलले लुम्बिनी सम्बन्धि गजल कबिता बाचन गरेर कार्यक्रम रौनक बढाएका थिए।

 

 

Facebook Comments Box

फेसबुक