२०८० फाल्गुन, १२
||NEWS LUMBINI |

कुवेतमा इलिगल भई बसेका ३ हजार २९५ जना नेपालीले लिए यात्रा अनुमति पत्र

३८ जना बालबालिका पनि

न्युज लुम्बिनी-कुवेतमा आममाफी (एम्नेष्टी) खुलेदेखि अहीले सम्म नेपाली राजदूतावास कुवेतबाट ३ हजार २९५ जना नेपालीहरुले यात्रा अनुमति पत्र (ट्राभल डकुमेन्ट) लिएका छन् । नेपाली दुताबास कुवेतका प्रथम भोगेन्द्र लिङदेन अनुसार यात्रा अनुमति पत्र लिनेमा १२७९ जना पुरुष ,१९७८ जना महिला र ३८ जना बालबच्चा रहेका छन् ।

सुरुमा गत जनवरी २९ तारिखबाट सुरु भएको आममाफीको अवधि फेब्रुवरी २२ तारिख सम्म थियो तर फेरि कुवेत सरकारले २ महीना अर्थात अप्रिल २२ तारिक थप गरेको छ । यो अवधि सम्म विनाभिषा गैरकानूनी रूपमा कुवेतमा बस्दै आएका नेपाली कामदारहरूले जरिवाना नतिरी आफ्नो देश फर्कन पाउने छन् भने कुवेतमै बस्न चाहे जरिवाना तिरी बैध हुन सक्ने प्रावधान रहेको छ ।

कुवेतमा करिव ५ हजारको हाराहारीमा नेपालीहरु गैह्रकानुनि ( इलिगल ) भइ बसेको अनुमान गरिएको थियो । कुवेत सरकारले दिइएको आममाफी प्रक्रियालाई बेवास्ता गरी कुवेत नछोडेको खण्डमा कुवेत प्रहरी द्धारा पक्राउ परे त्यस्ता बिदेशी कामदार कुवेत लगायत खाडी मुलुकमा जान नपाउने गरि नया नियम लागु गर्ने भएको छ।

कानून उल्लंघन गरी विनाभिषा गैरकानूनी रूपमा कुवेतमा बस्दै आएका नेपाली कामदारहरू तथा अन्य देशका कामदारले आममाफी अबधिमा पनि कुवेत नछोडे त्यस्ता कामदारलाई खाडी मुलुकका देशहरु बहराइन, साउदी अरेबिया, कुवेत, कतार, ओमन, संयुक्त अरब इमिरेट लगायतका देशका पुन जान प्रतिबन्ध लगाइने कुवेत सरकारले जनाएको नेपाली दुताबासले सूचना मार्फत जानकारी गराएको छ ।

Facebook Comments Box

फेसबुक