हरिकृष्ण न्यौपाने – गौरादह-५, झापा घर भई कुवेतमा घरेलु महिला कामदारको रुपमा कार्यरत ३८ बर्षिया रमा श्रेष्ठको आज डिसेम्बर-हिजो २ तारिक २०१८ आईतवार बिहान मृत्यु भएको छ।
रमा श्रेष्ठको मृत्युको बारेमा प्रारम्भिक जानकारी आए पनि मृत्युको कारण,पूर्ण बिबरण र प्रहरी रिपोर्ट आउन बाँकी रहेको नेपाली दुताबास कुवेतका दितिय सचिब ज्ञान बहादुर मगरले तितोपाटी डटकमलाई बताए ।मगरले थपे” मृतकको पूर्ण जानकारी र रिपोर्ट आए पछी घर-परिवारसंग समन्वय गरी,मृतकले पाऊनु पर्ने सेवा सुबिधा लगाएत सम्पूर्ण कानुनी प्रकृया पुरा गरि शब छिट्टै पठाऊन दुताबासले सहयोग गर्ने छ। “
मृतक रमा श्रेष्ठकी छोरी सविना श्रेष्ठ पनि कुवेतमै एक बर्ष देखी घरेलु महिला कामदारकै रुपमा काम गर्दछिन। सबिनाले तितोपाटी डटकम सँग भावबिहिल हुदै भनिन” म कुवेत आएको एक बर्ष भए पनि ममी सँग भेटन पाएको थिईन।दुई दिन अघी फोनमा कुरा गर्दा छाती तथा ढाड-पेट दुखी रहेको बताउने ममिलाई भेटनै जुराएको रहेनछ।आज एक्कासी ममीको मृत्युको खबर घरबाट आऊदा छाँगाँबाट खसे जस्तो भयो।”
प्राप्त जानकारी अनुसार मृतक रमा श्रेष्ठ पटक-पटक गरी ११ बर्ष देखी कुवेतमा कार्यरत थीइन भने करिब ५ बर्ष देखी साहुको घरबाट भागेर अबैधानिक रुपमा लुकी-छिपी काम गर्दै आई रहेकी थिईन ।
साभार तीतोपाटी