बसन्त थापा कुवेत / बैदेशिक रोज़गारीको शिलशिलामा कुवेतमा कार्यरत नुवाकोट बिदुर-११ गेर्खु डाडॉगाऊँका सन्तोष तिम्सिना २२ दिन देखी सम्पर्क बिहिन भएका छन।
परिवारको सुख खोज्न कुवेत पुगेका सन्तोष रेस्टुरेन्टमा कामको लागी पाँच वर्ष पहिला कुवेत छिरेका थिए।पाँच वर्षको अवधिमा दोश्रो पटकको छुट्टी सकेर कुवेत आएको १ वर्ष मात्र पुगेको उनी गत एप्रिल महीनाको २४ तारिक बाट बेपत्ता भएको परिवार श्रोतले जानकारी दीएका छन।
पारिवारिक श्रोतका अनुसार सन्तोष २२ दिन पहिला सम्म परिवारसँग राम्रै सम्बन्ध र सम्पर्क रहेको उनका दाई राजकुमार तिम्सीनाले तीतोपाटी डट कमलाई जानकारी दिएका छन।
सन्तोष कुवेतमा हराएको वा के भएको हो भन्ने बारेमा परिवारमा कुनै जानकारी नभएपछि परिवारका सबै सदस्यहरूमा तनाब भएको छ। सन्तोषको परिवारमा आमा बुबा र दाई-भाउजु रहेका छन।
सन्तोषका दाजु राजकुमारले भाइको अवस्था पत्ता लगाइदिन आग्रह गर्दै कुवेतको नेपाली राजदूतावास,कुवेतका नेपाली पत्रकारहरु तथा कुवेतमा कार्यरत नेपाली दाजुभाई दिदीबहिनी लगाएत कुवेतमा कृयाशिल नेपाली संघ-संस्थाहरूलाई आग्रह गरेका छन।
फोटोमा देखिएका सन्तोषलाई तपाईहरुले कतै देख्नु भएको भए कोसेली समुहका सदस्यहरु वा निम्न सम्पर्क नम्बरमा खबर गरिदिनु होला ।
बसन्त थापा ५१५१७४६५
किरण तामांग ५१२०८९५३
साभार तीतोपाटी डट कम