२०८० असोज, ६
||NEWS LUMBINI |

कुवेतमा तीन किराती संस्थाहरुद्वारा उभौली/ याक्वा तङ्नाम/ सालिवा श्याँदर पीदार पर्व अतिथि कलाकारहरुको साथमा मनाईने

अतिथि कलाकारहरुको साथमा कुवेतमा किरातीहरुले उभौली/ याक्वा तङ्नाम/ सालिवा श्याँदर पीदार मनाईने भएको छ । बहुचर्चित गायक गीतकार संगीतकार तथा चलचित्र निर्माता जितेन राई, चर्चाको शिखरमा रहेकी गायीकाद्वय सुनिता थेगिम र पूजा सुनुवारका साथमा आगमी मे ११ मा कुवेतमा क्रियाशील किराती संस्थाहरु किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ र सुनुवार सेवा समाजले संयुक्त रुपमा आयोजना गर्ने भएको हो ।

“भाषा संस्कार संस्कृतियों संरक्षण, किरातीहरुको साझा अभियान” भन्ने नाराका साथ सम्पन्न हुने कार्यक्रम फर्वानिया स्थित अल हैतम रेष्टुरेण्टको पछाडी पट्टी अवस्थित युनिक अडिटोरियम हलमा आयोजना हुने कार्यक्रमको संयोजकमा किरात याक्थुङ चुम्लुङका बलबहादुर काम्बाङलाई तोकिएको छ । सह संयोजकमा भने किरात राई यायोक्खाका अध्यक्ष मन्जित राई र सुनुवार सेवा समाजका अध्यक्ष गुणबहादुर सुनुवार रहेका छन् ।

कार्यक्रममा अतिथि कलाकारहरुको प्रस्तुतिको साथमा राई, लिम्बू र सुनुवारहरुको परम्परागत सिली तथा नृत्यहरु र स्थानीय कलाकारहरु सविन दुमी राई र जेन्टल लिम्बू लगायतका स्थानिय कलाकारहरुको समेत प्रस्तुति रहने संयोजक काम्बाङले जानकारी दिनुभएको छ ।

नि:शुल्क प्रवेशको व्यवस्था गरिएको कार्यक्रममा उपस्थित भई अतिथि कलाकार तथा स्थानिय कलाकारहरु र किरातीहरुको मौलिक सिली तथा नृत्यहरुद्वारा मनोरन्जन लिन हुन सम्पूर्ण कुवेतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु, समाजसेवी बुद्धिजीवीहरु, व्यवसायीहरु, पत्रकारहरु, खेलाडी तथा कलाकारहरुमा समेत आयोजकले हार्दिक अनुरोध गरेको छ ।

आयोजकले उक्त दिन कार्यक्रम नजुधाई दिनु हुन समेत सम्पूर्ण कुवेतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु, समाजसेवी बुद्धिजीवीहरु, व्यवसायीहरु, पत्रकारहरु, खेलाडी तथा कलाकारहरुमा समेत आयोजकले हार्दिक बिनम्रता पूर्वक अनुरोध गरेको छ ।

शाभार- हाम्रो संचार

Facebook Comments Box

फेसबुक