२०८० असोज, ७
||NEWS LUMBINI |

कुवेतमा दर्शन ठकुरी समाजको आयोजनामा सांगीतिक धमाका २०१९ हुने

राज मल्ल, न्युज लुम्बिनी-दर्शन ठकुरी समाज कुवेतको रमजानको छुट्टिको अवसर पारेर  बृहत् सांगीतिक धमाकाको आयोजना गर्ने भएको छ । नेपालका चर्चित  कलाकारहरुको साथमा आयोजना गरिने उक्त कार्यक्रमको आन्तरिक गृहकार्यमा जुटेको समाजले जनाएको छ । शुक्रबार समाजको हवाली स्थित अध्यक्ष निवासमा बसेको कार्यसमितिको बृहत् बैठकले उक्त निर्णय पारित गर्दै जुन ७ तारिक शुक्रवार २०१९ का दिन सागीतिक धमाका आयोजना गर्ने कार्य तय गरेको हो । भने हल र कलाकार वारे छिट्टै जानकारी दिने जनाएको छ साथै समाजले सोही अवसरमा रास्ट्रपिता पृथ्वीनारायण शाहको २९७ औं जन्मजयन्ति तथा राष्ट्रिय एकता दिवसका  पृथ्बी नारायण शाहलाई स्मरण गर्दै दिप प्रज्लवन तथा फोटोमा फुल माला अर्पण समेत गरेको थियो ।

Facebook Comments Box

फेसबुक