न्युजलुम्बिनी- नेपालकुवेत् सांस्कृतिक मंच कुवेतको आयोजनामा, रास्कोट सामुदायिक अस्पताल निर्माण सहयोगार्थ नववर्ष २०७६, सांगीतिक धमाका तथा सुभकामना आदानप्रधान कार्यक्रम आगामी तिन मई शुक्रवारको दिन हुने भएको छ ।
हाम्रो सांस्कृतिक हाम्रो पहिचान” भन्ने मूल नाराका साथ स्थापना भएको उक्त संस्थाले यस अगि पनि भिबिन्न सांस्कृतिक कार्यक्रम तथा पिडित हरुलाई उद्धार साथै महत्वपूर्ण सहयोग गर्दै आएको छ।
नेपालको दुर्गम जिल्ला कालिकोटमा निर्माण हुन् गइरहेको रास्कोट सामुदायिक अस्पतालको लागि नेपलकुवेत संस्कृतिक मंच कुवेतले उक्त सहयोगार्थ कार्यक्रम गर्न लागेको अध्यक्ष गोबिन्द बरालले जानकारी दिएका छन।
न्युज २४ च्यानल सिधा कुरा जनता संगको युनिटको बिशेष पहलमा बन्न लागेको उक्त सामुदायिक अस्पताल निर्माणको नेतृत्व पत्रकार रबि लामिछानेले लिएका छन्।
बरालका अनुसार यो कार्यक्रम अतिनै प्रभावकारी र सामाजिक उत्तरदायित्वको भावनाले गर्न लागेको र उक्त दिन कुनै पनि कार्यक्रम नजुदाइदिनुहुन अनुरोध गर्दै, कार्यक्रममा सम्पूर्ण कुवेतवासी नेपाली दाजुभाइ तथा दिदिबहिनि, पत्रकार, कलाकार, र विभिन्न संघ संस्थाका प्रतिनिधि हरुलाई उपस्थित भइ आ आफ्नो तर्फ बाट सक्दो सहयोग गरिदिनुहुन अनुरोध गरेका छन्।
कार्यक्रम हुने स्थान यस प्रकार रहेको छ
मिति – ३ मइ २०१९ शुक्रवार
स्थान – पपिंस हल अब्बसिया
समय – बिहान १२ बजे देखि