न्युजलुम्बिनी-झापा शिवसतासी नगरपालिका-१० घर भई ५ बर्ष देखी कुवेतमा कार्यरत यज्ञ प्रसाद बजगाईको कार्यस्थलमै बाथरुम जादै गर्दा एक्कासी ढले पछी अस्पातल लैजादै गर्दा मृत्यु भएको छ।अस्पातलले उनलाई हृदयघातबाट मृत्यु भएको बताएको छ।
जनजागृति युवा समाज कुवेतका अध्यक्ष तथा कोसेली समुहका छत्र कार्कीले तीतोपाटी डटकमलाई दिएको जानकारी अनुसार गत एप्रिल ५-बिहिबार बेलुकी कुवेतको स्वेख स्थित कार वास (गाडी धुने)मा काम गर्दै आएका यज्ञ प्र्साद काममै रहेको बेला बाथरुम जादै गर्दा एक्कासी ढलेर बेहोस भएका थिए।उनलाई तत्काल एम्बुलेन्स बोलाएर कुवेतको सवा अस्पातल लगिएकोमा अस्पातलले हृदयघातबाट मृत्यु भएको जनाएको हो।
यज्ञ प्रसादको मृत्युको बारेमा परिवारमा जानकारी गरिसकिएको छ। मृतक ४२ बर्षिय बजगाईको नेपालमा एक छोरी, दुई छोरा र श्रीमती छन्|
घटनाको बारेमा नेपाली दुताबासलाई खबर गरि कानुनी प्रकृयाको लागि सम्पूर्ण कागज पत्र बुझाई सकिएको छ भने झापाली समाज कुवेतले मृतक यज्ञ प्रसादको निधन प्रती शोक ब्यक्त गर्दै शबलाई नेपाल पठाउनका लागि परिवार र दुताबास अनी कम्पनी संग सहकार्य गरिरहेको छ।
तितोपाटी डटकमबाट साभार गरिएको