२०७७ कार्तिक, १४

कुवेतमा ६ नेपाली कामदारको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

वैदेसिक रोजगारका क्रममा कुवेतमा रहेका ६ जना नेपालीको मृत्यु भएको छ ।कुवेतको एक निर्माण क्षेत्रमा बालुवा र ग्राभेलको ढिस्कोमा पुरिएर चार जनाको घटनास्थलमै र दुईजनाको उपचारका क्रममा मृत्यु भएको कुवेतस्थित नेपाली राजदूतावासले जनाएको छ ।

कुवेतस्थित नेपाली नियोगका द्धितीय सचिव जानकी ओझाका अनुसार मुत्ला सिटी प्रोजेक्टको निर्माणस्थलमा  ब्लक ५ ढल निर्माण गर्ने क्रममा बालुवा र ग्रामेलको ढिस्को खसेको थियो ।

ओझाका अनुसार दुर्घटनामा ज्यान गुमाउनेको विस्तृत विवरण आउन सकेको छैन । छिट्टै प्रतिवेदन दिन माग गरिए पनि प्रहरीले नदिएको उनको भनाइ छ । उक्त निर्माणस्थल चिनियाँ कम्पनी सिजिजिसीले निर्माणको जिम्मा लिएको छ ।

-अन्नपूर्णपोष्टबाट साभार गरिएको हो

Facebook Comments

फेसबुक