२०८० असोज, १७
||NEWS LUMBINI |

कुवेत जाने नेपालीको लागि तोकिए स्वास्थ्य परीक्षण गर्ने १० मेडिकल सेन्टर

वैदेशिक रोजगारीका लागि कुवेत जाने नेपालीहरुले अब तोकिएको मेडिकल सेन्टरहरुमा मात्र स्वास्थ्य परीक्षण गर्नु पर्ने भएको छ । यो एक प्रकारको सिण्डिकेट नै हो र यसले नेपाली कामदारलाई थर भार पर्न सक्छ ।

कुवेतको आवासीय मामिला विभागले कुवेत जाने नेपाली कामदारले गर्ने मेडिकल सेन्टरहरु तोकेको हो । विभागले आफ्नो देशमा आउने नेपाली कामदारले १० वटा मेडिकलबाट मात्रै स्वास्थ्य परीक्षण गर्नु पर्ने व्यवस्था गरिएको जानकारी कुवेस्थित नेपाली दूताबासलाई गराइसकेको छ ।जुन जानकारी पराराष्ट्र हुँदै श्रम तथा रोजगार मनत्रालयमा आइसकेको स्रोतले बतायो ।

कुवेत सरकारको यो निर्णयसँगै अब कुवेत जाने नेपाली कामदारले सिद्धी पोलि क्लिनिक, हेल्थ केयर क्लिनिक, कान्तिपुर डाइग्नोस्टिक, लाइफ केयर डाइग्नोस्टिक, साउदी नेपाल मेडिक सेन्टर, अलखालिज मेडिकल सेन्टर, रजाम मेडिकल सेन्टर, एक्वा डाइग्नोस्टिक सर्भिस, साइबा मेडिकल र अलमसुर डाइग्नोस्टिक सेन्टरमा मात्रै स्वास्थ्य परीक्षण गराउनुपर्ने छ ।

यसले बैदेशिक रोजगारीमा रहेको सबै सिण्डिकेट अन्त्य गर्ने श्रममन्त्री गोकर्ण बिष्टको घोषणालाई चुनौति दिएको छ ।

यसअघि ओमान, साउदी र बहराइन जाने कामदारले मात्रै तोकिएका स्वास्थ्य संस्थामा चर्को शुल्कमा मेडिकल गराउने गरेका थिए । तर, यसको चर्को विरोध भएपछि अहिले क्रेडिट वा मास्टर कार्डमा पैसा तिर्नु पर्ने व्यवस्था गरिएको छ ।

निश्चित व्यवसायीले श्रम गन्तब्य मुलुकका सरकारी अधिकारीलाई आथिर्क प्रभावमा पारेर सीमित मेडिकलमा मात्रै स्वास्थ्य परीक्षण गराउन व्यवस्था गराउने गरेका छन् । यस्तो प्रवत्ति अन्त्य गर्ने श्रम मन्त्रीको उद्घोषलाई कुवेत सरकारको पछिल्लो निर्णयले चुनौती दिएको छ ।

यद्यपि कुवेत जाने काकदारमाथि यो निर्णयबाट कति आर्थिक भार थपिन्छ खुलेको छैन ।

तोकिएका मेडिकल सेन्टरहरूको सूची

-अनलाइन खबर

Facebook Comments Box

फेसबुक