२०८० असोज, ७
||NEWS LUMBINI |

‘कृष ४’मा भिलेनको भूमिकामा नवाजुद्दीन फाइनल

बलिउडका चर्चित अभिनेत ऋतिक रोशन अभिनित सिनेमा ‘कृष’को चौथों भाग बन्ने भएको छ । राकेश रोशनको निर्देशनमा तयार हुने ‘कृष’को चौथों भाग निर्माण घोषणा भए देखि निकै चर्चामा रहेको छ । सिनेमामा ऋतिक रोशनले मुख्य भूमिका निर्वाह गर्न लागेका हुन् ।

‘कृष’ फ्रेन्चाइज पहिलो भाग ‘कोई मिल गया’बाट चौथों भागसम्म ऋतिक यस फिल्मको मुख्य हिरोबाट हटेका छैनन् । ‘कृष’ फिल्मको लागि जति सुपरहिरोको रोल महत्व छ त्यति नै महत्वपूर्ण भिलेनको भूमिका हुने गर्छ । यो फिल्म भिलेनबिना अधुरो नै रहनेछ त्यसैले, यस फिल्मको लागि लामो समयदेखि कथावस्तुमा फिट हुने खालको भिलेनको खोजी जारी थियो । भिलेनको भूमिकाको लागि नवाजुद्दीन सिद्दिकी फाइनल भएका छन् ।

भारतीय मिडियाले जानकारी दिए अनुसार ऋतिकको अपोजिट नवाजुद्दीनलाई अनुबन्धित गरिएको छ । यस फिल्मको कथावस्तुमा नवाजुद्दीन फिट भएपछि ‘कृष’ फ्रेन्चाइजको चौथों भाग निकै राम्रो हुने अनुमान गरिएको छ । सिनेमाको लागि अन्य कलाकार भने अक्नुबंधित भइसकेका छैनन् । फिल्मका अन्य कलाकार फाइनल भए लगत्तै फिल्मको छायांकन सुरु हुने निर्माण टिमले जनाएको छ ।

Facebook Comments Box

फेसबुक