२०८० असोज, १७
||NEWS LUMBINI |

‘कृ’ फिल्मका निर्माता सुवास गिरी प्रहरीको नियन्त्रणमा, के हो लफडा ?

क्रि फिल्मका निर्माता सुवास गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नायक अनमोल केसी र नेपाली फिल्ममा डेब्यू गरेकी अदिती बुढाथोकी अभिनित ‘कृ’को ‘उकालीमा अघि अघि…’ बोलको गीत चोरेको आरोपमा पक्राउ परेका हुन् ।

फिल्म निर्माता तथा निर्देशक शम्भु प्रधान आफ्नो पुरानो फिल्म ‘सम्झना’ को गीत कृमा चोरी गरिएको भन्दै प्रहरीमा उजुरी दिएपछि प्रहरीले कृ निर्माता गिरीलाई मंगलबार काठमाडौंबाट नियन्त्रणमा लिएको हो ।

 

काठमाडौं प्रहरी परिसरका एसएसपी विश्वराज पोखरेलले निर्माता गिरीलाई मंगलबार नियन्त्रणमा लिएको पुष्टि गरे ।

पुरानो फिल्म सम्झनाको ‘उकालीमा अघि अघि‘’ बोलको गीतलाई बिना अनुमति ‘कृ’मा समावेश गरिएको उनले आरोप लगाएका थिए । प्रतिलिपि अधिकारसँग सम्बन्धित विषय भएकाल थप अनुसन्धान भइरहेको पोखरेलले बताए।

वि.सं २०४० सालमा रिलिज भएको चलचित्र ‘सम्झना’मा नायक भुवन केसी नै थिए भने नायिका तृप्ती नादकरले मुख्य भूमिका निर्वाह गरेका थिए ।

३५ वर्ष अघि आफैले अभिनय गरेको फिल्मको गीतलाई भुवन केसीले छोराको ‘कृ’ मा समावेश गरेका थिए । ‘कृ’को उक्त गीतमा अनमोल र अदिती नाँचे जस्तै ‘सम्झना’मा भुवन र तुप्ती नाँचेका छन् । रजिन्त गजमेर यो गीतका ओरिजिनल संगीतकार र गीतकार हुन् ।

यस्ताे छ पुरानाे गीत

-नयाँपेजबाट
Facebook Comments Box

फेसबुक