२०८० फाल्गुन, २१
||NEWS LUMBINI |

केन्द्रिय अनुसन्धान ब्युरोको सुचना र सहयोगमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीद्धारा खागसहित ४ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बुटवलबाट गैडाको खाग तस्करीमा सम्लग्न ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुंग का रिषीराम न्यौपाने र वालिंगका बिजय बिक्रम खाण र सुन्दर श्रेष्ठ तथा गल्यांगका सन्दिप बराल रहेका छन । उनिहरुलाई केन्द्रिय अनुसन्धान ब्युरोको सुचना र सहयोगमा बुटवलको राजमार्ग चौराहबाट खाग सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उनिहरुले खाग बेच्ने भन्दै ग्राहक संग डेढ करोडमा बार्गेनींग गरी रहेका बेला रंगेहात पक्राउ गरेको जिल्ला प्रहरी प्रबक्ता डिल्ली नारायण पाण्डेले जानकारी दिनुभयो । पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान र कारवाहीका लागि जिल्ला बन कार्यालय पठाउने तयारी भईरहेको जिल्ला प्रहरी प्रमुख श्यामलाल ज्ञावीलीले बताउनु भयो ।

Facebook Comments Box

फेसबुक