२०७७ कार्तिक, ८

केबी बिस्वकर्मा, द्वारा संकलित रकम पिडित सुमित्रालाई हस्तान्तरण

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  


न्युजलुम्बिनी- कुवेतको जहारा अस्पतालमा उपचारार्थ रहेकि पिडित सुमित्रा बिस्वकर्मालाई लामो समय देखी कुवेतमा कार्यरत समाज सेवी, केबी बीस्वकर्मा, द्वारा संकलित रकम ५०१ कुवेती डिनर अर्थात नेपाली ( एक लाख बयाशी हज़ार)सहयोग प्रदान गरिएको छ।

पर्वत जिल्ला स्थित मंडी गाऊँ पालिका : ६ घर भएकी सुमित्रा ८ महीना पहीला घरेलु महिलाकामदारको रुपमा कुवेत आएकी हुन । अस्पतालमा भर्ना भएदेखि एजेन्डको रेखदेखमा उपाचार भए पनि स्वास्थ्यमा कुनै फरक परेको छैन। 

ढाड र टिभिको कारण दुबै खुट्टा नचल्ने अबस्थामा रहेकि सुमित्रा कुवेतको जहारा अस्पतालमा बिगत ३ महिनादेखि उपचार गराउदै आएकि छिन।

सुमित्राको परिवारमा एक छोरा एक छोरी छन भने श्रीमानले बहुविवाहा गरि सम्पर्क बिहीन भएको बुझिएको छ।

तीन महीना पहिला सुमित्रा बिक ले आफ्नो उद्दारको लागी लुम्बिनी समाज नेपाल कुवेतलाई अनुरोध गरेको अध्यक्ष हमालले बताए। हमालका अनुसार उक्त पिडितलाई लुम्बिनी समाजले उद्धार गर्ने अभियानमा रहेको र सोही क्रममा  समाजसेवी के बि बिस्वकर्मा द्वारा ५०१ केडी आर्थिक सहयोग संकलन भएको बताउदै उक्त संकलन रकम जहारास्थित उपचार भइरहेको अस्पतालमा पुगी समाजसेवी केबी बिस्वकर्मा र उनका सहयोगीहरुले उपचार सहयोग पिडितलाई हस्तान्तरण गरेको जानकारी दिएका छन।

हमालका अनुसार लुम्बिनि समाज द्वारा सहयोग स्वोरुप १ ह्विल चियर र नेपाल फर्काउने सम्पुर्ण डकुमेन्ट तयार गरीएको र अबको केही दिनमा नेपाल फर्काउने तयारीमा रहेको बताए।

Facebook Comments

फेसबुक