लुम्बिनी -के तपाईं रुपन्देही, कपिलवस्तु तथा परासी जिल्लाबाट बुद्धजन्मस्थल लुम्बिनीको अवलोकन गर्न आउँदै हुनुहुन्छ ? भने आफनो परिचयपत्र बोकेर आउनुहोला नत्र भने भदौ १ गतेदेखि २० रुपैयाँ तिर्नुपर्ला !
अहिलेसम्म नेपालीहरु निःशुल्क लुम्बिनी भ्रमण गरिरहेको भए पनि भदौ १ गतेबाट विकास कोषले रुपन्देही, कपिलवस्तु तथा परासी जिल्ला बाहेक अन्य जिल्लाबाट आउने नेपाली पर्यटक विद्यार्थीहरुसँग १० रुपैयाँ वयस्कसँग २० रुपैयाँ सेवा संरक्षण शुल्क लिने सूचना जारी गरेको हो ।
त्यस्तै कोषले साधारण क्यामेरा शुल्क १५ रुपैयाँबाट ५० रुपैयाँ, भिडियो क्यामेरा दुई सय बाट पाँच सय रुपैयाँ तथा व्यवसायिक छाँयाकन शुल्क तथा हेलीप्याड शुल्क पाँच हजार नै कायम गरेको जारी सूचनामा उल्लेख छ ।
त्यसैगरी भारतीय नागरिकसँग १६ रुपैयाँबाट ४० रुपैयाँ, सार्क राष्ट्रका नागरिकसँग एकसयबाट दुईसय रुपैयाँ तथा तेस्रो मुलुकका नागरिकसँग दुईसय रुपैयाँबाट पाँच सय रुपैयाँ प्रतिव्यक्ति लाग्ने कोषले जनाएको छ ।
लुम्बिनी सेवा संरक्षण शुल्क लिने कोषको बोर्डले जेठ ९ गते निर्णय गरि भदौ १ गतेदेखि वृद्धि गर्ने भएको कोषाध्यक्ष सुरेन्द्रमुनि शाक्यको भनाई छ ।
-रातोपाटीबाट साभार गरिएको हो