२०८० असोज, ७
||NEWS LUMBINI |

कोसेली समुहको जिम्मेवारी हेरफेर अध्यक्षमा पन्थी र प्रबन्धनिर्देशकमा आचार्य

नेपाल कुवेत डटकम बाट तीतोपाटी डटकम हुँदै मध्यपूर्बकै उत्कृष्ट बन्न सफल वेबसाइट र कुवेतको नेपाली समाजमा एक मात्र छापा पत्रीका मरुभुमिको कोसेली पत्रीकाको सन्चालनको साथमा कुवेतको नेपाली समाजमा बिभिन्न क्षेत्रमा करिब १० बर्ष देखी राहत, उद्दार र रचनात्मक कामगर्दै आएको कोसेली समुहले आफ्नो समुहको जिम्मेवारीमा हेरफेर गरेको छ ।आज एप्रिल ६, २०१८ शुक्रबारको दिन कुवेतको मुर्गब स्थित प्यारागन होटलमा बसेको कोसेली समुहको बिशेष बैठकले समुहमा जिम्मेवारी हेरफेर गरेको हो ।

कोसेली समुहले अध्यक्षमा नबराज पन्थी, प्रबन्ध निर्देशकमा आनन्द आचार्यलाई नयाँ जिम्मेवारी दिएको छ । त्यसै गरी उपाध्यक्षमा टोमलाल पराजुलीलाई निरन्तरता दिदै महिला उपाध्यक्षमा जानुका जानुलाई चयन गरेको छ । त्यसै गरी महासचिबमा जीवन कुमार बिक, सचिबमा चन्द्र विश्वकर्मा गोतामे, कोष संयोजकमा ईन्द्र प्रसाद पोख्रेल र कोषाध्यक्षमा राजन श्रेष्ठलाई जिम्मेवारी दीइएको छ ।

त्यसै गरी कोसेली समुहको आजको बैठकले तीतोपाटी डटकम तथा मरुभूमिको कोसेलीका लागि प्रधान सम्पादकमा हरी कृष्ण न्यौपानेलाई निरन्तरता दिएको छ भने कार्यकारी सम्पादकको जिम्मेवारी नारायण पोख्रेललाई दिईएको छ । सम्पादकहरुमा केदार नाथ खरेल, लोमस बास्तोला, अमर खडका, बसन्त थापा, चन्द्र विश्वकर्मा गोतामेलाई मनोनयन गर्दै मरुभुमिको हालचाल प्रमुखमा अमर खड्का तथा लाइभमा माधव पौडेललाई जिम्मेवारी दिईएको छ । त्यसै गरी छबी राम सुनार तथा आजैबाट कोसेली समुहमा आबद्द भएका गुलाम नबी मंसुरलाई सम्बाददाताको रुपमा मनोनयन गरिएको छ ।

समुहले आफ्नो पुरानो बचत कोषलाई केही महिनामै बन्द गर्दै पुन: नयाँ कोषको शुरुवात गर्ने निर्णय समेत गरेको छ । साथै कोसेली समुहमा आबद्द हुन चाहने ब्यक्तीहरुलाई पनि आबद्दता गराउदै आफ्नो वेबसाइट तीतोपाटी डटकमलाई नयाँ स्वरुपमा बिस्तार गर्दै यूट्यूब च्यानल समेत बनाउने निर्णय गरेको छ।साथै कोसेली समुहमा आबद्द सम्पूर्ण संस्थापक,सल्लाहकार, संरक्षक तथा सदस्यहरुको सल्लाह र सुझाबलाई कोसेली समुहको नेतृत्वले सदैब मनन गर्दै कुवेतको नेपाली समाजमा नयाँ रचनात्मक कामको शुरुवात गर्ने निर्णय गरिएको छ ।

साभार-तितोपाटी डटकमबाट

Facebook Comments Box

फेसबुक