२०८१ बैशाख, ३
||NEWS LUMBINI |

क्रिस गेलको विस्फोटक व्याटिङ, आईपीएलमा बनाए छैटौँ सतक

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्रतगत बिहीबार राति भएको खेलमा किङ्स इलेभन पञ्जावका क्रिस गेलले विस्फोक व्याटिङ गर्दै सतक बनाएका छन् । 

आईपीएलको १६ औँ म्याचका क्रममा गेलले ५८ बलको सामना गर्दै सतक पुरा गरे । ओपनिङमै आएका गेलले ११ छक्का र १ चौका पनि प्रहार गरे । उनले ६३ बलको सामना गर्दै १०४ रन बनाएर नटआउट गरे ।

आईपीएलमा छैटौँ सतक ठोक्ने क्रममा गेलले सनराइजर्स हैदरबादका रसिद खानमाथि लगातार चार छक्का समेत हाने । उनले १३.२ देखि १३.५ ओभरसम्म लगातार चार छक्का हानेका थिए ।

गेलको सतकीय पारीको मद्दतमा टस जितेर पहिले ब्याटिङ गरेको पञ्जावले पुरै २० ओभर खेल्दै ३ विकेटको क्षतिमा १९४ रनको लक्ष्य दिएको छ ।

गेलपछि पञ्जावका लागि केके नायरले ३१ रन जोडे भने केएल राहुल र मयंक अग्रवालले १८–१८ रनको व्यक्तिगत योगदान दिए । हैदराबादका लागि भुवनेश्वर कुमार, रसिद खान र सिद्धार्थ कउलले समान १–१ विकेट लिन सफल भए ।

-यो खेल समाचार अन्नपूर्णपोष्टबाट साभार गरिएको हो

Facebook Comments Box

फेसबुक