२०८० असोज, ७
||NEWS LUMBINI |

क्रिस गेल र सन्दीप एउटै टिममा खेल्ने

काठमाडौं: नेपाली युवा लेग स्पीनर सन्दीप लामिछाने सिपिएलमा अनुबन्धित भएका छन्।बिहीबार राति लन्डनमा भएको क्यारेबियन प्रिमियर लिग (सिपिएल)को खेलाडी ड्राफ्ट (छनौट) मा सेन्ट किट्स एन्ड नेभिस टोलले सन्दीपलाई ५ लाख रुपैयाँमा किनेको हो।

आइपिएलमा छानिएको र नामिबियामा भएको आइसिसी डिभिजनमा म्यान अफ द सिरिज भएपछि उनी विश्व क्रिकेट जगतमा परेका हुन्। सिपिएलका छ टोलीमध्ये सन्दीप अनुबन्धित भएको टिमको कप्तानी क्रिस गेलले गर्नेछन्।

सो टोलीमा अष्ट्रेलियाका अलराउन्डर बेन कटिङ, कार्लोस ब्रेथवेट, वेस्ट इन्डिजका ओपनर एविन लेभिससहित बंगलादेश, जिम्बावेलगायतका देशका खेलाडी छन्। दक्षिण अफ्रिकाका देब्रे हाते चाइनाम्यान बलर टब्रेज साम्सी पनि सन्दीपकै टोली छन्।

प्लेइङ सेटमा पर्न सन्दीपले साम्सीसँग प्रतिष्पर्धा गर्नु पर्ने हुन्छ। सेन्ट किट्स एन्ड नेभिसले साम्सीलाई ६० लाख रुपैयाँ (६० हजार डलर) मा किनेको छ।

दुबै जना रिस्ट स्पिनर भएको र एक जना दायाँ र अर्को बाँया हाता भएकाले टोलीले दुबै जनालाई पनि खेलाउन सक्छ।

अगस्ट ८मा सुरु हुने प्रतियोगिता सेप्टेम्बर १६ मा सकिनेछ। खेलहरु फरक–फरक क्यारेबियन देशमा हुनेछन्। सिपिएलमा यो वर्ष खेलाडी किन्न एक करोड ६० लाख रुपैयाँ सीमा राखिएको थियो। त्यसमध्ये सेन्ट किट्स एन्ड नेभिसले १ करोड ६० लाख तिरेर गेललाई किनेको हो।

यही मूल्यमा किनिएका अन्य खेलाडीमा वेष्ट इन्डिजका लेन्डल सिमोन्स, आन्द्रे रसेल, डोयन ब्राभो, पाकिस्तानका सोहेल तनवीर र न्युजिल्यान्डका मार्टिन गप्टिल छन्।
-नयाँपेज

Facebook Comments Box

फेसबुक