ज्योतिमय,सौम्य अनि, निराकार छन् आँखा
उज्यालोको संगतले, आभार छन् आँखा
यो सायद समर्पणको, पराकाष्ठा होला
प्रियतमका मन भित्र, वारपार छन् आँखा
मिले पछि दुई मन, हेरिँदो हो बेपर्वाह
दुई अनि दुई गरी, जम्मा चार छन् आँखा
चिम्लिदिए पनि देख्ने, सङ्लो पानी जस्तै
सपनाका तलाउमा, सवार छन् आँखा
-नयाँपेजबाट साभार गरिएको हो
Facebook Comments Box