-राज मल्ल
आत्माभित्र जब त्यो, इर्षा पलाउँछ,अनि आउँछ गजल !
उज्जण्डतामा जब, बुद्धत्व छाउँछ,अनि आउँछ गजल !!
गजल के रहेछ यो, केले ल्याउँछ, अनी आउँछ गजल !
गजल भाव हो, जेले यो फुटाउँछ, अनि आउँछ गजल !!
बसन्तमा कोइलीले, जब गाउँछ,अनि आउँछ गजल !
ग्रिष्माले त्यो जब, पसिना छुटाउँछ,अनि आउँछ गजल !!
झम्झम् बर्षाले जब, गरा भिजाउँछ,अनि आउँछ गजल !
पात झर्ने शरद, मृत्यु संझाउँछ, अनि आउँछ ग़ज़ल!!
विदेशी ऋण भार, जब चुल्याउँछ,अनि आउँछ गजल !
विदेशिएको नेपाली, दुख पाउँछ,अनि आउँछ गजल !!
Facebook Comments Box