२०८१ भाद्र, २९
||NEWS LUMBINI |

गजुरेलको कटाक्ष-अब ‘श्री ५ ओली सरकार’ लेख्न मात्र बाँकी छ

बुटवल -देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलले कम्युनिस्टको दुई तिहाई बहुमत देशका लागि अभिशाप सावित भएको दाबी गरेका छन् ।

ओली सरकारले जतिसुकै गम्भिर गल्ती गरेपनि दुई तिहाईको सरकार हट्न नसक्ने अवस्था नरहेको भन्दै उनले अब आन्दोलन गर्नुको विकल्प नभएको बताए । ‘यो सब हुँदाहुँदै पनि यो सरकार ढल्नेवाला छैन । संविधानमै यस्तै ब्यवस्था छ’ उनले भने, ‘ओली तानाशाही र प्रमुख प्रतिपक्षी रुजेको बिरालो जस्तो भयो ।’

शनिबार बुटवलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दैै क्रान्तिकारी माओवादीका नेता समेत रहेका गजुरेलले भने, ‘अहिले सरकार नयाँ युगको कुरा गर्दै पोलपोलमा फोटो राखिएको छ । अब श्री ५ केपी ओली सरकार लेख्न मात्रै बाँकी छ ।’

९ महिनामा केपी ओली सरकारले नै देशमा राष्ट्रिय स्वाधिनताको उपहास गरेको उनको आरोप छ । उनले भने, ‘वामपन्थी होइन, प्रतिक्रियावादी सरकार बन्यो ।’

राष्ट्रपतिले १८ करोडको गाडी किन्नु गरिब जनतालाई उपहास गर्नु बाहेक केही नभएको गजुरेलले बताए । जनताको सेवासुविधा वृद्धि गर्नुको साटो हेलीप्याडसहित राष्ट्रपति निवास बनाउन खोज्नु आफैंमा लज्जाको विषय भएको उनले बताए ।

देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष गजुरेलले अब आन्दोलनको आँधीबेहरी ल्याउने बेला भएको बताए । सरकारले गरेका गैरनैतिक कुरालाई दबाव दिन पनि आन्दोल

Facebook Comments Box

फेसबुक