२०८१ बैशाख, ३
||NEWS LUMBINI |

गणेश लामा पुर्पक्षका लागि जेल चलान

करिब एक महिनाअघि हतियारसहित पक्राउ परेका गुण्डा नाइके गणेश लामा पुर्पक्षका लागि जेल चलान भएका छन्।

काठमाडौंको पशुपति भिजनबाट पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ परेका लामालाई महानगरीय प्रहरी परिसर काठमाडौंले हातहतियार तथा खरखजनामा मुद्दा दायर गरेको थियो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले लामालाई सोमबार थुनामा राखी अनुसन्धान गर्न आदेश दिएको काठमाडौं प्रहरी प्रवक्ता डिएसपी मोहन थापाले जानकारी दिए।

लामालाई केन्द्रीय कारागार सुन्धारा पठाइएको छ।

-सेतोपाटी

Facebook Comments Box

फेसबुक