२०८१ बैशाख, ३
||NEWS LUMBINI |

गायिका भूमिका गिरि र ज्योति मगरको स्वरमा तीजको गीत “बिकृति” बजारमा

नेपाली हिन्दु नारीहरुको महान पर्ब तिज आउन केही बांकि नै छ तर हरेक बर्ष झैं यस बर्ष पनि तिजका गितहरुले बजार भने तताउन थालिसकेका छन।

तिजकै लागी बिभिन्न गितहरु आउने क्रम संगै भर्खरै अति मनमोहक तिज गित गायिका भूमिका गिरिको “बिकृति” सार्बजनिक भएको छ । मंगलबार बेलुका युट्युबमार्फत तीज गीत रिलिज भएको गित अहिले बजारमा भाइरल भएको छ । https://www.youtube.com/watch?time_continue=1&v=GtfhHSE0CtA

गायिका भूमिका आफैले सञ्चालन गरेको युट्युब च्यानलमा गीत राखेकी छिन् । गीतमा भूमिका र ज्योतिको स्वर छ, भूमिकाको प्रस्तुतिमा रहेको यो तीज गीतमा शब्द नेत्र अर्यालले लेखेका हुन् । संगीत खेम सेञ्चुरीको हो ।

म्युजिक भिडियोमा गायिकाद्वय भूमिका र ज्योति आफैले पनि अभिनय गरेका छन् । उनीहरूलाई मोडलिङमा मालती घले, एञ्जिला वाईबा, सविता परियार र सीमा घर्तीले साथ दिएका छन् । मोडलहरूलाई जना लुङ्गेलीले मेकअप गराएकी हुन् ।

म्युजिक भिडियोलाई प्रकाश भट्टको निर्देशन गरेका छन् । राजेश घिमिरेको क्यामरा, विष्णु शर्माको सम्पादन रहेको म्युजिक भिडियोमा ज्योति मगर अलिक मोटी देखिएकी छिन् ।

-मिडिया डबलीबाट

Facebook Comments Box

फेसबुक